‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस-५ अब नेपालमा « Khabarhub

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस-५ अब नेपालमा


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको विद्युतीय सवारी बजारमा प्रोटोन विजेता ई.एमएएस-५ नेपालमा छिट्टै सार्वजनिक हुने भएको छ । 

पूर्ण रूपमा विद्युतीय यो कम्प्याक्ट एसयूभीले आधुनिक प्रविधि, स्मार्ट सुविधा तथा विश्वस्तरमा प्रमाणित गुणस्तरमार्फत नेपाली ग्राहकलाई उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पूर्ण रूपमा विद्युतीय कम्प्याक्ट एसयूभीका रूपमा विकसित ई.एमएएस ५ आधुनिक चालकहरूको बदलिँदो आवश्यकता मध्यनजर गर्दै तयार गरिएको हो । 

जिलीसँगको प्रोटोनको रणनीतिक सहकार्यमा विकसित यस सवारीमा विश्वस्तरमा प्रमाणित प्रविधिको प्रयोग गरिएको कम्पनीले जनाएको छ । स्मार्ट प्रविधि, सहज सञ्चालन तथा भरपर्दो कार्यसम्पादनका माध्यमबाट यसले उत्कृष्ट सवारी अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ ।

कम्पनीका अनुसार अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल प्रोटोन ई.एमएएस—५ ले मलेसियाको प्रतिष्ठित एलायन्ज डीएसएफ भेहिकल अफ द इयर अवार्डमा ’इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर, २०२६’ उपाधि प्राप्त गरिसकेको छ । आधुनिक डिजाइन, उन्नत विद्युतीय प्रविधि, आरामदायी सुविधा तथा दैनिक प्रयोगका लागि उपयुक्त विशेषताका आधारमा उक्त सम्मान प्रदान गरिएको हो ।

आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको ई.एमएएस—५ मा सामान व्यवस्थापनका लागि तीनवटा स्मार्ट स्टोरेज सुविधा उपलब्ध छन् । यसमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज, आफ्नो वर्गमै विशेष २८ लिटर क्षमताको सिटमुनिको स्टोरेज तथा २० लिटर क्षमताको सेन्टर कन्सोलमुनिको स्टोरेज समावेश गरिएको छ । यी सुविधाले दैनिक प्रयोगका आवश्यक सामग्री व्यवस्थित रूपमा राख्न तथा गाडीभित्रको स्थानको प्रभावकारी उपयोग गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ । 

जगदम्बा मोटर्सका अनुसार प्रोटोन ई.एमएएस—५ ले नेपालमा विश्वस्तरमा प्रमाणित विद्युतीय सवारी उपलब्ध गराउने प्रोटोनको प्रतिबद्धतालाई थप सुदृढ बनाउनेछ । जिलीको उन्नत विद्युतीय सवारी प्रविधि र प्रोटोनको विश्वसनीय इन्जिनियरिङको संयोजनमा विकसित यो पुरस्कार–विजेता सवारीले नेपाली ग्राहकलाई नवीन प्रविधि, व्यवहारिकता, सुरक्षा तथा उत्कृष्ट मूल्य–प्रतिफल प्रदान गर्ने कम्पनीको विश्वास छ ।

प्रोटोन ई.एमएएस—५ स्मार्ट डिजाइन, विश्वस्तरमा प्रमाणित प्रविधि तथा उत्कृष्ट मूल्य–प्रतिफलसहित छिट्टै नेपाली बजारमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  १ : १९ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच