राष्ट्रिय सहमति बिना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न सक्दैन : नेकपा « Khabarhub

राष्ट्रिय सहमति बिना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न सक्दैन : नेकपा


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले राष्ट्रिय सहमति बिना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न नसक्ने स्पष्ट पारेको छ ।  

बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय माग गरेर बोल्दै नेकपा सांसद प्रमेश हमालले संविधान संशोधनका लागि सरकार एकपक्षीय ढंगले अघि बढ्न खोजेको भन्दै राष्ट्रिय सहमति बिना संविधान संशोधनको प्रक्रिया अगाडि बढ्न नसक्ने बताएका हुन् ।

अहिले संशोधनको दस्ताबेज बनाउनका लागि तयार गरिएको कार्यदल अपारदर्शी र त्रुटिपूर्ण रहेको भन्दै र यसले संविधानको मर्ममाथि नै प्रश्न उठाउन खोजेको आरोप लगाए । अहिलेको अवस्थामा नेकपा उक्त कार्यदलबाट अलग हुने उनले बताए ।

उनले सरकारका कामकारबाहीहरू पारदर्शी र जबाफदेही हुनुपर्नेमा जोड दिए । नेता हमालले सरकारले सुशासनको प्रचार गरे पनि यसका गतिविधिहरू प्रतिशोधपूर्ण र तर्साउने खालका भएको आरोप लगाए । 

हमालले दलाई लामाको जन्मोत्सव नागार्जुन नगरपालिकाको कुनै एउटा विद्यालयमा सम्पन्न भएको र विदेशी कूटनीतिज्ञहरू पनि सहभागी भएको समाचार आइरहेको भन्दै यसमा सरकारको धारणा माग गरे । 

उनले एक चीन नीति र असंलग्न परराष्ट्र नीतिका विषयमा सरकारले स्पष्ट पार्नुपर्ने बताए । 

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  २ : ५२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको