देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक « Khabarhub

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले शुक्रबार पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकमा समूहका पूर्वपदाधिकारीहरू सहभागी हुनेछन् । बैठकमा आगामी साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई छुट्टै र भव्य रूपमा आयोजना गर्ने विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।

नेता डा. प्रकाशशरण महतका अनुसार, स्मृति दिवस सफल बनाउन विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने निर्णय बैठकबाट गरिनेछ ।

बैठकमा कांग्रेसभित्रको आगामी राजनीतिक गतिविधिका रूपमा प्रस्तावित राष्ट्रिय भेलाका विषयमा पनि प्रारम्भिक छलफल हुने महतले जानकारी दिएका छन् ।

पछिल्लो समय कांग्रेसभित्र विभिन्न समूहहरू आ–आफ्नो रणनीति बनाउन सक्रिय भइरहेका बेला देउवा पक्षले बोलाएको यो बैठकलाई पार्टीको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक तयारीसँग जोडेर हेरिएको छ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ८ : ३६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको