देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक « Khabarhub

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले शुक्रबार पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकमा समूहका पूर्वपदाधिकारीहरू सहभागी हुनेछन् । बैठकमा आगामी साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई छुट्टै र भव्य रूपमा आयोजना गर्ने विषयमा विस्तृत छलफल हुने जनाइएको छ ।

नेता डा. प्रकाशशरण महतका अनुसार, स्मृति दिवस सफल बनाउन विभिन्न जिम्मेवारी बाँडफाँड गर्ने निर्णय बैठकबाट गरिनेछ ।

बैठकमा कांग्रेसभित्रको आगामी राजनीतिक गतिविधिका रूपमा प्रस्तावित राष्ट्रिय भेलाका विषयमा पनि प्रारम्भिक छलफल हुने महतले जानकारी दिएका छन् ।

पछिल्लो समय कांग्रेसभित्र विभिन्न समूहहरू आ–आफ्नो रणनीति बनाउन सक्रिय भइरहेका बेला देउवा पक्षले बोलाएको यो बैठकलाई पार्टीको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक तयारीसँग जोडेर हेरिएको छ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ८ : ३६ बजे

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन

देउवा समूहले बोलायो पूर्वपदाधिकारीको बैठक

काठमाडौं – नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ