डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले « Khabarhub

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला तानिएको भन्ने समाचार सही नभएको स्पष्ट पारेका छन् ।

कैलाली जिल्लामा कार्यरत डिएसपी चौधरीले हालै सार्वजनिक गर्नुभएको एक अभिव्यक्तिका कारण उनीमाथि कारबाही गरी जिल्ला तानिएको भनी सार्वजनिक भएको समाचारमा कुनै सत्यता नरहेको उनको भनाइ छ ।

प्रवक्ता काफ्लेले भने, ‘उहाँलाई कुनै कारबाही गरिएको छैन, न त उहाँ निलम्वनमा पर्नुभएको छ । नेपाल प्रहरी चेन अफ कमान्डअनुसार सञ्चालन हुने संस्था हो । यस विषयमा सम्बन्धित प्रदेशमार्फत मौखिक रूपमा जानकारी लिन मात्र खोजेका हौँ । कुनै औपचारिक वा लिखित कारबाही प्रक्रिया अघि बढाइएको छैन ।’

प्रवक्ता काफ्लेले सरकारका कर्मचारीका रूपमा सार्वजनिक कार्यक्रममा बोल्दा पदको मर्यादा, व्यावसायिक आचरण र कानुनअनुसार प्रस्तुत हुनुपर्ने बताए ।

उनले भने, ‘विशेषगरी कुनै व्यक्तिको नाम लिएर अभिव्यक्ति दिँदा अझ बढी जिम्मेवार र संयमित हुनुपर्ने हुन्छ । विद्यार्थीसँगको कार्यक्रममा बोल्दा पनि शिष्ट र व्यावसायिक ढङ्गले प्रस्तुत हुनुपर्ने अपेक्षा रहन्छ । त्यसैले उहाँले कुन सन्दर्भमा के बोल्नुभएको हो भन्ने विषयमा सामान्य प्रशासनिक र व्यावसायिक रूपमा बुझ्न खोजेका हौँ ।’

प्रवक्ता काफ्लेले यो जानकारी लिने नियमित प्रक्रिया मात्र रहेको स्पष्ट पार्दै यसलाई कारबाही वा अनुशासनको प्रक्रियाका रूपमा बुझ्नु उपयुक्त नहुने स्पष्ट गरे ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ९ : २२ बजे

सुनको मूल्यले ३ लाख नाघ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– सुनको मूल्य आज ३ लाखमाथि पुगेको छ । आइतबारको कारोबारमा

आदिवासी जनजातिको पहिचान र संस्कृति नेपालको गौरव हो : राष्ट्रपति पौडेल

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानले विविधतामा एकतालाई आत्मसात्

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा– रसुवाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन लाग्ने

रुपन्देहीको मर्चवारीमाईमा पूर्वाधारसँगै सामाजिक विकासमा जोड

रुपन्देही– रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा सामाजिक

क्यानडा पठाइदिने भन्दै ३७ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ – क्यानडा पठाइदिने भन्दै ३७ लाख रुपैयाँ ठगी गरेको