साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा « Khabarhub

साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सौरमासअनुसार साउनको अन्तिम सोमबार बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा जम्मा भएका छन् ।

प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजन स्नान गरी शुद्ध कपडा लगाएर जल पशुपतिनाथ मन्दिरमा चढाउने गर्छन् ।

आइतबारको बोलबम यात्राको आयोजना बोलबम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपाललगायत संस्थाले गरेका हुन् ।

बोलबमका लागि भक्तजन आइतबार राति नै सुन्दरीजल आएर स्नानलगायत नित्यकर्म गरी जल लगेर पशुपतिनाथ मन्दिरमा चढाउने गर्छन् । बोलबम यात्रामा करिब १० हजार बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरीजलका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाले जानकारी दिए ।

राति १२ बजेसम्म भजनकीर्तन गरी बस्ने भक्तजनले त्यसपछि भने स्नान गरी जल बोकेर खाली गोडा सुन्दरीजलबाट पशुपतिनाथसम्मको यात्रा गरी आराध्यदेव भगवान् श्री पशुपतिनाथलाई जल चढाउने गर्छन् ।

पशुपतिनाथमा बोलबम यात्रीका लागि जल चढाउन उत्तरतर्फको ढोकाको व्यवस्था गरिएको छ । भक्तजन बासुकी हुँदै उत्तरढोकाबाट जल चढाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिए ।

फाइल तस्बिर

साउनको सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सहज रूपमा दर्शनका व्यवस्था मिलाउन आज बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ६ : ०२ बजे

प्रतिनिधिसभा बैठक बस्दै, चारवटा विधेयक प्रस्तुत हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

मेची र अरनिको राजमार्ग पूर्ण बन्द : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको

विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी

काठमाडौँ – ज्यास्पर डेभिडसनले खेलको अन्तिमभन्दा एक बल अगाडि चौका

बोलबम श्रद्धालु सवार ट्याक्टर दुर्घटना हुँदा १५ जना घाइते

जनकपुरधाम – पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा आइतबार राति