विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी « Khabarhub

विश्वकप लिग-२: अन्तिम ओभरको रोमान्चक खेल : युएईमाथि स्कटल्यान्ड १ विकेटले विजयी

उस्मानीको शतकीय इनिङ्स व्यर्थ


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ज्यास्पर डेभिडसनले खेलको अन्तिमभन्दा एक बल अगाडि चौका प्रहार गरेपछि आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा घरेलु टोली स्कटल्यान्डले संयुक्त अरब इमिरेट्स (युएई) माथि १ विकेटको रोमान्चक जित निकालेको छ।

डन्डीस्थित फोर्थिल मैदानमा जितका लागि २ सय ३१ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले ३९.५ ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनाएर लक्ष्य पूरा गर्‍यो। अन्तिम ओभरको पाँचौँ बलमा डेभिडसनले चौका हान्दै टोलीलाई सनसनीपूर्ण जित दिलाएका हुन्।

त्यसअघि खराब सुरुआत गरेको स्कटल्यान्डले सुरुवाती दुवै ओपनर जर्ज मुन्से र ब्रान्डन म्याकमुलनलाई शून्यमै गुमाएको थियो। २ रनमै २ विकेट गुमाएर संकटमा परेको स्कटल्यान्डको इनिङ्स फिनले म्याकक्रेथ (२८) र कप्तान रिची बेरिङ्टन (३९) ले सम्हालेका थिए। त्यसपछि म्याथ्यु क्रसले ६६ र माइकल जोन्सले ४४ रन बनाउँदै पाँचौँ विकेटका लागि ७२ रनको महत्त्वपूर्ण साझेदारी गरे। युएईका जवादुल्लाहले ३ विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ४० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३१ रनको योगफल तयार पारेको थियो। युएईका लागि विकेटकिपर तथा ओपनर अदिव उस्मानीले १२६ बलमा ३ छक्का र ११ चौकाको मद्दतमा ११६ रनको शतकीय इनिङ्स खेले। यस्तै स्कटल्यान्डका बलर ब्रान्डन म्याकमुलनले ३० रन खर्चिएर ३ विकेट लिएका थिए।

यसअघि सोही मैदानमा क्यानडालाई ९ रनले पराजित गर्दै स्कटल्यान्डले आगामी वर्ष हुने विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

यो जितसँगै स्कटल्यान्डले ३५ खेल खेल्दा ४३ अंक जोडेको छ । समान अंक भएको अमेरिका शीर्ष स्थानमा छ । यूएई भने १६ अंकसहित तालिकाको पुछारमा छ । पुछारबाट दोस्रो स्थानमा रहेको नेपालको २४ अंक छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ६ : ४५ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका