एकै दिन ४१ विपदका घटना « Khabarhub

एकै दिन ४१ विपदका घटना


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एकैदिन देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् । प्राधिकरणका अनुसार ती घटनामा २० जना घाइते भएका छन् ।

उक्त अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, चट्याङको एक, अतिवृष्टिका दुई र वन्यजन्तु आक्रमणको एक घटना भएका छन् । विपद्का घटनामा सहायताका निम्ति १७३ जना प्रहरी परिचालन भएका प्राधिकरणले जनाएको छ ।

सर्पदंशका घटनामा २० जना घाइते भएका छन् । विपद्का घटनाबाट अनुमानित ३८ लाख ४७ हजार ५०० बराबरको क्षति भएको छ भने चार स्थानमा सडक अवरोध र एउटा चौपायाको ज्यान गएको छ ।

यसैबीच, गत वैशाख १ देखि यही साउन २४ गतेसम्म देशभर चार हजार ४५२ वटा विपद्का घटना भएका छन् । ती घटनामा २०५ जनाको मृत्यु, पाँच जना बेपत्ता र एक हजार ३४७ जना घाइते भएका छन् भने पाँच हजार ४९२ परिवार प्रभावित भएका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ११ : ३५ बजे

भारतीय संसद्मा विपक्षीको प्रदर्शन : गृहमन्त्री अमित शाहसँग जवाफ माग्दै नाराबाजी

नयाँदिल्ली- विपक्षी सांसदहरूले सोमबार भारतीय संसद् परिसरमा सरकारविरुद्ध प्रदर्शन गरेका

बलुचिस्तानमा सुरक्षा कारबाहीमा १५ लडाकु मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेका विभिन्न

सुस्ता जोगाउन अस्थायी तटबन्ध बनाउँदै स्थानीय र सुरक्षाकर्मी (तस्बिरहरू)

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी सामूहिक

एक करोड ९४ लाख राजस्व सङ्कलन

जुम्ला– यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच पौने घण्टा भेटवार्ता

काठमाडौं– नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग