सुस्ता जोगाउन अस्थायी तटबन्ध बनाउँदै स्थानीय र सुरक्षाकर्मी (तस्बिरहरू) « Khabarhub

सुस्ता जोगाउन अस्थायी तटबन्ध बनाउँदै स्थानीय र सुरक्षाकर्मी (तस्बिरहरू)


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता भूमि जोगाउन स्थानीय र सुरक्षाकर्मी सामूहिक रुपमा जनश्रमदान मार्फत अस्थायी तटबन्ध निर्माणमा जुटेका छन् । 

नारायणी नदीमा पानीको बहाव बढ्दै गाउँ बस्तीमा डुबान र कटानको जोखिम बढेपछि बस्तीमा पस्न नदिन स्थानीय बोरामा बालुवा तथा माटो भरेर नदी किनारमा राख्दै अस्थायी बाँध निर्माण गरिरहेका हुन ।

सुस्ता गाउँपालिका-५ को सुस्ता थारुटोलदेखि सीमास्थलका रूपमा चिनिने सिमलको रुख आसपासको क्षेत्रमा बुधबारदेखि स्थानीयवासी र सेना प्रहरी र सशस्त्र प्रहरीको सामूहिक रूपमा तटबन्ध निर्माणमा खटिएका छन् ।बोरामा बालुवा भरेर नाइलनको डोरीले बाँध्दै नदीको बहाव नियन्त्रण गर्ने प्रयास भइरहेको छ ।

डुवानको जोखिम न्यूनीकरण गर्न स्थानीय समुदाय नै अग्रसर भएर अस्थायी संरक्षणको काम गरिरहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जैसवालले बताए  । उनका अनुसार अभियानकी स्थानीयवासी र तिन वटै सुरक्षाकर्मीको सहयोगमा चौबिसै घण्टा तटबन्ध निर्माणमा सक्रिय रहेको बताए ।

‘अहिले हाम्रो पहिलो प्राथमिकता गाउँलाई डुबान र नदी कटानबाट जोगाउनु हो,’उनले भने, ‘स्थायी समाधान नहुँदासम्म स्थानीयकै श्रम र उपलब्ध साधन प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिरहेका छौँ ।’ 

केही दिनअघि स्थानीयले निर्माण गरेको यस्तै अस्थायी तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्काइदिएको आरोप सार्वजनिक भएपछि सुस्ताको समस्या राष्ट्रिय रूपमा चर्चामा आएको थियो  । त्यसयता स्थानीय, प्रशासन र सम्बन्धित निकायबिच पटक-पटक छलफल भएपछि तत्कालका लागि अस्थायी संरक्षणको काम अघि बढाइएको हो ।

यसअघि नारायणी सिँचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन आयोजना, भरतपुरले ठेक्का प्रक्रियामार्फत स्थायी तटबन्ध निर्माण सुरु गर्ने तयारी गरेको थियो  । 

तर भारतीय पक्षले माथिल्लो तहको स्वीकृति आवश्यक पर्ने जनाउँदै निर्माणमा अवरोध गरेको स्थानीयको भनाइ छ  । त्यसपछि स्थायी संरचना निर्माण रोकिएको र तत्कालका लागि अस्थायी तटबन्ध निर्माणलाई प्राथमिकता दिइएको हो  ।

सुस्तामा बढ्दो जोखिमलाई ध्यानमा राख्दै नारायणी सिँचाइ तथा नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले अस्थायी तटबन्ध निर्माणका लागि बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ । स्थानीयले सरकारी निकायबाट प्राप्त सामग्रीसँगै आफ्नै स्रोतबाट समेत बोरा, बालुवा र डोरीको व्यवस्था गरी कामलाई तीव्रता दिएका छन्  ।

प्रवक्ता जैसवालका अनुसार नदीको बहाव अझ बढ्ने सम्भावना रहेकाले तटबन्ध निर्माणलाई निरन्तरता दिइएको छ । आवश्यक परे थप श्रम र सामग्री परिचालन गरेर बस्ती सुरक्षित बनाउने तयारी गरिएको उनले बताए ।

बर्सेनि नारायणी नदीको कटान र डुबानका कारण प्रभावित हुँदै आएको सुस्ता क्षेत्रमा दीर्घकालीन तटबन्ध निर्माणको माग स्थानीयले लामो समयदेखि गर्दै आएका छन् । 

स्थानीयवासीको अनुसार अस्थायी बाँधले तत्कालका लागि केही राहत दिए पनि स्थायी तटबन्ध निर्माण नगरेसम्म हरेक वर्ष वर्षा याममा बस्ती जोखिममा पर्ने अवस्था दोहोरिनेछ ।

स्थानीयले सीमावर्ती क्षेत्रमा देखिएको प्राविधिक तथा प्रशासनिक जटिलता समाधान गर्दै नेपाल र भारतका सम्बन्धित निकायबिच समन्वय गरी दीर्घकालीन तटबन्ध निर्माणलाई शीघ्र अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १२ : २२ बजे

दसैँका लागि सिँगारिँदै मैतीदेवी, मर्मत र स्तरोन्नति पनि तीव्र

काठमाडौं– बडादसैँ नजिकिएसँगै काठमाडौँ महानगरपालिका-३० स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाइ,

कंगोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो

किन्शासा- लोकतान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला संक्रमण केही क्षेत्रमा नियन्त्रणतर्फ उन्मुख

अमेरिका–बेलायतका दुई सुरक्षा घटनामा इरानमाथि आशंका, अनुसन्धान जारी

जेरुसेलम- बेलायत र अमेरिकामा यसै साता भएका दुई छुट्टाछुट्टै सुरक्षा घटनामा

शीतगृह बनेपछि किसानलाई राहत, कृषि उपज जोगाउन सहज

सुनसरी– धरान उपमहानगरपालिका-१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह (चिस्यान

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान