साउदीको रियादमा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु « Khabarhub

साउदीको रियादमा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

ढाका- साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ।

रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो। घटनामा मृत्यु हुने सबै बङ्गलादेशी नागरिक रहेको बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार पुष्टि गरेको हो।

मन्त्रालयले विज्ञप्तिमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ। कठिन परिस्थितिमा मृतकका परिवारसँग सरकार साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै रियादस्थित बङ्गलादेशी दूतावासका अधिकारी घटनास्थल पुगेका थिए। दूतावासले साउदी अधिकारीसँग समन्वय गरी मृतकको पहिचान पुष्टि गर्ने तथा शव हस्तान्तरणसम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

दूतावासले घटनाबारे थप विवरण सङ्कलन गर्नुका साथै प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउन टोली परिचालन गरेको छ। मृतकको पहिचान, कानुनी औपचारिकता पूरा गर्ने प्रक्रिया तथा पीडित परिवारलाई आवश्यक सहजीकरणलाई प्राथमिकतामा राखिएको दूतावासले जनाएको छ।

रियादस्थित बङ्गलादेशी दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीको विस्तृत विवरण सङ्कलन भइरहेको जनाएको छ। दूतावासका अनुसार घटनाबारे जानकारी पाएपछि प्रतिनिधिमण्डल तत्काल घटनास्थल पुगेको थियो।

बङ्गलादेशको विदेश मन्त्रालयले पनि घटनाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ। मृतकको पहिचान तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित साउदी अधिकारीसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।

साउदी अरेबियामा ठूलो सङ्ख्यामा बङ्गलादेशी नागरिक रोजगारीका लागि कार्यरत छन्। रियादमा भएको यस घटनाले प्रवासी श्रमिकको कार्यस्थल सुरक्षा तथा आपतकालीन अवस्थामा उनीहरूको संरक्षणको विषयलाई पुनः चर्चामा ल्याएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १२ : ३६ बजे

माछापालनबाट मासिक २५ लाख आर्जन

घोडाघोडी– गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि विनोदले भने

प्रधानमन्त्रीलाई रुलिङ गरेर संसद्‌मा जवाफदेही बनाउन सभामुखसँग कांग्रेसको माग

काठमाडौं– प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग राख्दै

‘प्रधानमन्त्रीले कालो चस्मा खोल्नुपर्छ, संसद्‍मा उभिएर माफी माग्नुपर्छ’

काठमाडौं- नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाहलाई आलोचनालाई

उत्तरी फिलिपिन्समा पहिरो : चार जनाको मृत्यु, छ बेपत्ता

मनिला– उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोमा परी चार जनाको मृत्यु

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य