विजय–संगीताको सम्बन्धविच्छेदमा नयाँ मोड, संगीताले फिर्ता लिइन् निवेदन « Khabarhub

विजय–संगीताको सम्बन्धविच्छेदमा नयाँ मोड, संगीताले फिर्ता लिइन् निवेदन


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण भारतीय अभिनेता तथा तमिलनाडुका मुख्यमन्त्री सी. जोसेफ विजय र उनकी पत्नी संगीता सोर्नालिङ्गमको वैवाहिक सम्बन्धबारे लामो समयदेखि चल्दै आएको चर्चाले नयाँ मोड लिएको छ। संगीताले सम्बन्धविच्छेदका लागि दायर गरेको निवेदन फिर्ता लिएपछि अदालतले उक्त मुद्दा बन्द गरिदिएको छ।

संगीताले भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित हुँदै सम्बन्धविच्छेदको निवेदन फिर्ता लिने आफ्नो निर्णयबारे जानकारी गराएकी थिइन्। उनले यसअघि फेब्रुअरीमा चेंगलपट्टुस्थित पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दायर गरेकी थिइन्।

निवेदनमा संगीताले दाम्पत्य जीवनमा देखिएको आपसी मतभेदलाई सम्बन्धविच्छेदको आधार बनाएकी थिइन्। साथै, स्थायी भरणपोषण तथा चेन्नईको नीलाङ्कराईस्थित वैवाहिक घरमा बस्न पाउने अधिकारसमेत माग गरिएको थियो।

विजय र संगीताबीचको सम्बन्धविच्छेदसम्बन्धी मुद्दाको सुनुवाइ यसअघि पटक–पटक स्थगित हुँदै आएको थियो। गत जुन १५ मा पनि संगीताले मुद्दा फिर्ता लिन चाहेको जानकारी गराएपछि सुनुवाइ स्थगित गरिएको थियो। त्यसपछि मुद्दाको अर्को सुनुवाइ अगस्ट ७ का लागि तोकिएको थियो।

पछिल्लो सुनुवाइमा भने संगीताले औपचारिक रूपमा निवेदन फिर्ता लिएपछि अदालतले मुद्दा नै टुंग्याएको हो।

विजय र संगीताको वैवाहिक सम्बन्ध करिब तीन दशक पुरानो हो। उनीहरूले सन् १९९९ अगस्ट २५ मा चेन्नईमा परम्परागत हिन्दु विधिअनुसार विवाह गरेका थिए। उनीहरूका दुई सन्तान छन् ।

सन् २०२३ देखि संगीता विजयका महत्वपूर्ण सार्वजनिक कार्यक्रममा कमै देखिन थालेपछि उनीहरूको वैवाहिक सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी सुरु भएको थियो। विशेषगरी विजयको राजनीतिक दल तमिलागा वेट्री कझगम (टीभीके) का महत्वपूर्ण कार्यक्रमहरूमा संगीताको अनुपस्थितिले यस्तो चर्चालाई थप बल दिएको थियो।

यद्यपि, संगीताले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएसँगै उनीहरूबीचको वैवाहिक सम्बन्धको वास्तविक अवस्था के हो भन्नेबारे थप स्पष्ट जानकारी सार्वजनिक भएको छैन। निवेदन फिर्ता लिनुको कारणबारे पनि दुवै पक्षबाट विस्तृत आधिकारिक धारणा सार्वजनिक भएको छैन।

यससँगै लामो समयदेखि चर्चामा रहेको विजय–संगीताको सम्बन्धविच्छेदसम्बन्धी कानुनी प्रक्रिया भने तत्कालका लागि समाप्त भएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १ : ०१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका