फिल्म क्षेत्रमा कति धेरै गतिविधि ! « Khabarhub

फिल्म क्षेत्रमा कति धेरै गतिविधि !


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शनरत फिल्म ‘गौँथली’ले बक्स अफिसमा २० करोडको आँकडा पार गरेको छ । यसले फिल्म क्षेत्रमा नयाँ उत्साह थपेको छ । प्रदर्शनको तयारीमा रहेका फिल्मका मेकरहरूमा थप आशा पलाएको छ ।

हलमा ‘गौँथली’सहित तीन नेपाली फिल्म ‘हली’ र ‘कमला मिस’ प्रदर्शनरत छन् । दुईको व्यापार दयनीय छ । ‘गौँथली’ यो वर्षको हिट र सर्वाकालीन चौथो हिट बनिसक्यो ।

‘हली’ र ‘कमला मिस’को अकुपेन्सी हेर्दा लाग्छ– दर्शकलाई फिल्म आएको र गएको पत्तो छैन ।

साउन फिल्म प्रदर्शनका लागि उपयुक्त महिना होइन । वर्षाका जोखिमले छायाङ्कन लगायतका गतिविधि पनि कम हुन्छन् । यो पटक पनि त्यही भयो ।

तर, साउन अन्तिम आइपुग्दा भदौमा प्रदर्शन मिति तोकिएका फिल्महरूका प्रचार केन्द्रित गतिविधि बढ्न थालेका छन् । ‘गौँथली’को व्यापार र फिल्मी गतिविधिले मनोरञ्जन क्षेत्र चलायमान छ ।

‘झिँगेदाउ २’को चर्चा

असोज २ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘झिँगेदाउ’को टिजर पाँच दिनअघि सार्वजकिन भएको थियो ।

यो टिजरले युट्युबमा १० लाख भ्युज पाएको छ । पछिल्लो समय कम अवधिमा यति धेरै भ्युज पाउने टिजर यही हो ।

नायिका केकी अधिकारी र आँचल शर्माले निर्वाह गरेको पात्रबीचको घरझगडा यो टिजरको मुख्य आकर्षण हो ।

यो फिल्मको टिजरले फिल्म पुरानै धारमा बनेको संकेत गर्छ । तथापि टिजर मन पराइएको छ ।

दुई फिल्म निर्माणको घोषण

फिल्म ‘परान’बाट सफल निर्देशकको छवि बनाएका दीपक आचार्यले दोस्रो फिल्म ‘चिरञ्जीवी भवः’को सुटिङ सकेका छन् ।
यो फिल्ममा नायक आशीर्वाद क्षेत्री र डेब्यू नायिका प्रशंसा रायमाझी छन् ।

त्यस्तै, निर्देशक सौरभ चौधरीले नायक सौगात मल्ललाई लिएर फिल्म ‘साम्राज्य’ बनाउने घोषणा गरेका छन् ।

त्यस्तै, ‘गौँथली’ नायक अरुण क्षेत्रीले कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिकका लागि अनुबन्ध भएका छन् । उनी मदनकृष्णका मिल्ने साथी हरिवंशको भूमिकामा अनुबन्ध भएका छन् ।

अरुणले एक साथ दुई फिल्म साइन गरेका हुन् । निर्देशक मिलन चाम्सले मदनकृष्णको पछि हरिवंशको पनि बायोपिक बनाउने चर्चा छ ।

सार्वजनिकको लहर

गत साताका र यो साताका सुरुवाती दुई दिनमा भएका रिलिज गतिविधिबारे यहाँ चर्चा गरिएको छ ।

नायिका नीता ढुंगानाको होम प्रोडक्सनमा बनेको फिल्म ‘पार्वती’को गीत ‘दिदी’ सोमबार सार्वजनिक भएको छ ।

नायक सुशील सिटौला र नायिका न्यान्सी खड्का शीर्ष भूमिकामा रहेको फिल्म ‘अक्षरा’को टिजर सोमबार सार्वजनिक भएको छ । महिलामाथि हुने हिंसाको कथामा फिल्म बनेको टिजरले बताउँछ ।

त्यस्तै, नायक दयाहाङ राई स्टारर फिल्म ‘पेन्सन पट्टा’ को टिजर पनि यही अवधिमा सार्वजनिक भयो । पेन्सन पट्टमा नाम नमिल्दाको घटनामा वरपर टिजर घुमेको छ । यो फिल्मको टिजरले अर्ग्यानिक कथा पस्कने आभास दिलाउँछ ।

त्यस्तै, फिल्म ‘जलाकी’को गीत ‘चाँदी जलप’ पनि सार्वजनिक भएको । गीतको भिडियोमा नायक सोनम तोप्देन र नायिका उपासनासिंह ठकुरी केन्द्रमा छन् ।

प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लज्जावती’को गीत ‘मलाई पीर परेको तिमीलाई के थाहा छ’ पनि यही अवधिमा सार्वजनिक भयो ।

नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको फिल्म ‘मास्टर्नी’को टिजर गत साता सार्वजनिक भयो । टिजरले फिल्म क्राइम सन्पेन्स कथामा बनेको प्रष्ट पारेको छ ।

नायक निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’ को टिजरले पनि यो अवधिमा राम्रै आलोचना खेप्यो । कमजोर भीएफएक्सले यो फिल्मको इमेजमै असर गरेको छ ।

फिल्म ‘कार्की साइँला’को गीत ‘लग्यौ परान’मा पनि सार्वजनिक भएको छ । गीतको भिडियोमा फिल्मका शीर्ष पात्र जितु नेपाल र प्रियना आचार्यको नृत्य छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ६ : ०७ बजे

विपद्‍मा बालेन व्यवस्थापन कस्तो ?

काठमाडौँ – भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढी र

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११