स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु « Khabarhub

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा फेटा गाउँपालिका–७ कुकुरभुक्काका लक्ष्मी साह तेलीका छोरा गणेश साह तेली रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार सोमबार दिउँसो करिब १२ बजे स्थानीय रुप नारायण साह कानुको घरमा शिवगुरुको पूजा आयोजना गरिएको थियो। पूजाका लागि भजन बजाउने तयारी भइरहेका बेला गणेशलाई करेन्ट लागेको हो ।

स्थानीय महिलाहरूले सामूहिक रूपमा रकम संकलन गरी खरिद गरेको स्पिकरको एम्प्लिफायरको तार विद्युत् बोर्डमा जोड्ने क्रममा गणेशलाई अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका गणेशलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर अस्पताल पुर्‍याएपछि दिउँसो १२ बजेर ३८ मिनेटमा गरिएको ईसीजी परीक्षणका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी सहायक निरीक्षक कृष्णनन्दन ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।

घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ८ : ४३ बजे

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र

नेपाली दूतावास पुगेर भारतीय रक्षामन्त्रीले भने- यस कठिन घडीमा काँधमा काँध मिलाएर नेपालसँग उभिएका छौँ 

नयाँदिल्ली– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित नेपाली दूतावास पुगेर २६

मल्लकालीन भैरव नाच सुरु

भक्तपुर– मध्यपुरथिमि नगरपालिकामा तान्त्रिक विधिअनुसार सञ्चालन हुने मल्लकालीन भैरव अर्थात्

रसुवा बाढीपछि नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, उद्धार तथा राहतमा जुट्न निर्देशन

काठमाडौं- रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

दमौली– देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५