रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग « Khabarhub

रसुवा बाढीका बेपत्ता भएकाको खोजी कार्य तीव्र बनाउन माग


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले रसुवा बाढीका बेपत्ता भएकाहरुको खोजी कार्य तीव्र बनाउन माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बुर्लाकोटीले हालसम्म भएका खोज तथा उद्धारका कामहरू विपद्को विशाल क्षतिको तुलनामा अपुग देखिएकाले थप दक्ष जनशक्ति, आधुनिक उपकरण र स्रोत–साधन परिचालन गरी खोजी कार्य तीव्र बनाउन माग गरेका हुन् । 

उनले उद्धार गरिएका, बेपत्ता रहेका तथा मृतकहरूको प्रमाणित आधिकारिक विवरण नियमित रूपमा प्रभावित वडा तहसम्म पुर्‍याउन र पीडित परिवारलाई प्रत्यक्ष सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे । 

उनले भेटिएका शवहरूको पहिचान सहज बनाउन तत्काल डीएनए परीक्षण गर्ने व्यवस्था, आवश्यक उपकरण तथा विज्ञ जनशक्तिको व्यवस्था गर्न सरकारसँग माग गरिन् । 

त्यस्तै उनले आगामी दिनमा बाढी तथा पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा कुनै पनि मानव बस्ती, सार्वजनिक कार्यालय वा भौतिक संरचना निर्माण नगर्न सुझाव दिए । जोखिमयुक्त क्षेत्रमा विपद्बाट बच्न आवश्यक पूर्वतयारी र जनचेतनामूलक कार्यक्रमहरू व्यापक रूपमा सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  २ : १५ बजे

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका

पार्टी एकताका लागि नरम हुन तयार छु : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू

गौरी कुमारीलाई अर्को स्पष्टीकरण सोध्ने तयारीमा थिए प्रधानमन्त्री बालेन

काठमाडौं– उपभोक्तालाई ग्यास उपलब्ध गराउन नसकेपछि उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार

सरकारलाई विपक्षी दलको सन्देश-‘राष्ट्रिय विपत्तिमा हामी सँगै छौँ’

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहितका विपक्षी दलहरूले राष्ट्रिय विपत्तिको अवस्थामा