संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा « Khabarhub

संसद्‍मा उठाइयो अस्पतालले भर्ना नलिएर फुटपाथमै बच्चा जन्माएकी महिलाको पीडा


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय एक महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।  

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले पैसा नभएका कारण अस्पतालले भर्ना लिन नमानेपछि फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका हुन् ।

बैठकमा सांसद खगेन्द्र कर्णले पैसाको अभावका कारण उपचार नपाएपछि महिलाले अस्पताल कम्पाउन्ड बाहिर सडकमै बच्चा जन्माउनु परेको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे । 

विपन्न, दलित तथा गरिब नागरिकको भरोसाको केन्द्र मानिने सरकारी अस्पतालमै केही सय रुपैयाँको अभावमा सुत्केरी महिला सडकमा पुग्नुले राज्यको स्वास्थ्य प्रणाली र दाबीको वास्तविक कमजोरी उदाङ्गो पारेको उनले बताए । 

उनले यस अमानवीय तथा संवेदनशील घटनाप्रति स्वास्थ्य मन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदै घटनाको सत्य तथ्य विवरण तत्काल संसद्मा जानकारी गराउन र दोषीमाथि छानबिन गर्न माग गरे । 

त्यस्तै सांसद सांसद अंकिता ठाकुरले पैसा नभएकै कारण गरिब महिलाले सन्तान जन्माउने र आमा बन्ने अधिकारसमेत गुमाउनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरिन् । 

प्रसव पीडाले छटपटाउँदै अस्पताल पुगेकी महिलालाई उपचार सुरु गर्नुको सट्टा अस्पताल प्रशासनले पैसाको मोलमोलाइ गरेको र पैसा नभएकै कारण चिसो र धुलाम्य सडकमा निकालिदिएको उनले बताइन् ।  

उनले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी गरेको भए पनि गरिब जनताले सरकारी अस्पतालमै प्रसूति सेवा नपाएर सडकमा पुग्नुले संविधान र लोकतन्त्रकै उपहास भएको उल्लेख गरिन् ।

अस्पतालले भर्ना नलिएपछि राजविराज नगरपालिका वडा नं. १४ निवासी गर्भवती महिला बबिता कुमारी पासवानले फुटपाथमै बच्चा जन्माएको घटना सार्वजनिक भएपछि अस्पताल प्रशासनको विरोध भइरहेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  २ : ०२ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु