बाँकेमा १९३ कुष्ठरोगी भेटिए « Khabarhub

बाँकेमा १९३ कुष्ठरोगी भेटिए


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

राँझा– गत आर्थिक वर्ष ०८२-०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा अवस्थित साइनिङ अस्पतालमा कुष्ठरोगबाट प्रभावित १९३ नयाँ बिरामी फेला परेका हुन् । 
    
तीमध्ये ८१ जना बाँकेका बिरामी रहेको साइनिङ अस्पतालका प्रमुख मङ्गल थारूले जानकारी दिए । उनका अनुसार, पहिचान भएकामध्ये ६२ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पत्ता लागेको हो । 

बाँके, बर्दिया र अन्य पहाडी जिल्लाबाट स्वास्थ्य परीक्षण  गराउन आएका बिरामीमा उक्त रोगका कीटाणु देखिएको थियो । 

‘बाँके जिल्लामा कुष्ठरोग प्रकोप दर घटेको छैन, प्रत्येक वर्ष नयाँ बिरामी फेला पर्ने दर बढ्दै गएको छ’, अस्पताल प्रमुख थारूले भने, ‘लुम्बिनी प्रदेशमै बाँके उच्च जोखिममा रहेको छ ।’

साइनिङ अस्पतालले कुष्ठरोगीको पहिचान, अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गर्दै आएको छ । गरिरहेको उनको भनाइ छ । 

आर्थिक वर्ष ०८१-८२ मा १७४ र ०८०-८१ मा १४६ नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ। 

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले समाजमा कुष्ठरोगीलाई गरिने व्यवहार, लाञ्छना र विभेद हट्न नसकेको बताउँदै राज्यले जनचेतना जगाउन र नयाँ बिरामी पत्ता लगाउन थप नयाँ नीति तथा कार्यक्रम ल्याउँनुपर्नेमा जोड दिए । 

सरकारको कुष्ठरोग निवारण विशेष नीति तथा कार्यक्रम नभएकोले सरकारी स्वास्थ्य संस्था नयाँ बिरामी पत्ता लगाउन साइनिङ अस्पताल, आइएनएफजस्ता संस्थाको सहयोग लिनुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ३ : ४२ बजे

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा