राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन « Khabarhub

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने विषयमा औपचारिक पत्र नआएको जानकारी दिएका छन् ।

उनले खबरहबसँग टेलिफोन सम्पर्कमा कुरा गर्दै आफूहरुलाई अहिलेसम्म कोही पनि मन्त्री बन्ने विषयमा औपचारिक पत्र नआएको जानकारी दिए । उनले मिडियामा अनावश्यक कुराहरु आएको दाबी गरे ।

‘हामीलाई अहिलेसम्म औपचारिक पत्र आएको छैन मन्त्रिपरिषद् बैठक बसिरहेको भन्ने जानकारी छ ।’ उनले भने, ‘अरु कुनै मन्त्री नियुक्तिको विषयमा पत्र आएको छैन सञ्चार माध्यमबाट हामीलाई जानकारी भएको हो फेक हो कि सत्य हो थाहा छैन ।’

शाक्यले भने, ‘सञ्चारमाध्यममा कसले यस्तो कुरा बतायो त्यो हामीलाई जानकारी भएन । पत्र आएको खण्डमा आज नै मन्त्रीलाई शपथ ग्रहण गराउन सम्भव छ तर हामीलाई नढाटी भन्दा पत्र आएको छैन ।’

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ४ : २० बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्