बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग « Khabarhub

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग


२५ भदौ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

‘टेक्नो स्ट्यान्ड्स विथ नेपाल’ अभियानअन्तर्गत प्रदान गरिएको उक्त सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) प्रति प्रतिबद्धताको एक पहल भएको कम्पनीले जनाएको छ । 

विपद्को यस कठिन परिस्थितिमा सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन भइरहेका राहत तथा पुनर्स्थापना प्रयासमा योगदान पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

यसै क्रममा टेक्नो मोबाइल नेपालका महाप्रबन्धक शंकर मैनाली तथा उनको टोलीले बुधबार अर्थमन्त्री सोर्निमा वाङ्दीसमक्ष १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै टेक्नो मोबाइल नेपालले नेपाली समाजप्रतिको आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले भनेको छ, ‘प्राकृतिक विपद्को यस कठिन समयमा प्रभावित नागरिक तथा समुदायसँग एकताबद्ध भएर उभिनु हाम्रो सामाजिक दायित्व हो। टेक्नोको यो योगदान केवल आर्थिक सहयोग मात्र नभई नेपाली जनताप्रतिको हाम्रो ऐक्यबद्धता, संवेदनशीलता र जिम्मेवारीको प्रतिबिम्ब हो।’

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  ६ : ५६ बजे

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६