बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग « Khabarhub

बाढीपहिरो पीडितको उद्धार र राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेक्नो मोबाइल नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

‘टेक्नो स्ट्यान्ड्स विथ नेपाल’ अभियानअन्तर्गत प्रदान गरिएको उक्त सहयोग कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) प्रति प्रतिबद्धताको एक पहल भएको कम्पनीले जनाएको छ । 

विपद्को यस कठिन परिस्थितिमा सरकार तथा सम्बन्धित निकायमार्फत सञ्चालन भइरहेका राहत तथा पुनर्स्थापना प्रयासमा योगदान पुर्‍याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।

यसै क्रममा टेक्नो मोबाइल नेपालका महाप्रबन्धक शंकर मैनाली तथा उनको टोलीले बुधबार अर्थमन्त्री सोर्निमा वाङ्दीसमक्ष १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

विपद्को समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउँदै टेक्नो मोबाइल नेपालले नेपाली समाजप्रतिको आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कम्पनीले भनेको छ, ‘प्राकृतिक विपद्को यस कठिन समयमा प्रभावित नागरिक तथा समुदायसँग एकताबद्ध भएर उभिनु हाम्रो सामाजिक दायित्व हो। टेक्नोको यो योगदान केवल आर्थिक सहयोग मात्र नभई नेपाली जनताप्रतिको हाम्रो ऐक्यबद्धता, संवेदनशीलता र जिम्मेवारीको प्रतिबिम्ब हो।’

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ६ : ५६ बजे

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली