पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध « Khabarhub

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउन तथा लेजर लाइट प्रयोग गर्न निषेध गरिएको छ । 

विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भएकाले उल्लेखित गतिविधि नगर्न सार्वजनिक रूपमा सबैमा सूचित गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए। 

विमानस्थल आसपासका क्षेत्रमा जथाभावी फोहोरमैला फाल्ने तथा नहरमा मृत पशुपन्छी बगाउनेजस्ता गतिविधिले चराचुरुङ्गी र वन्यजन्तुको गतिविधि बढाई विमानको उडान तथा अवतरणमा असर पार्न सक्ने हुँदा फोहरमैला तथा मृत पशुपन्छीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

सूचनाको अवज्ञा गरी यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  २ : ४० बजे

कोप–३१ मा सबै दलको सहभागिता गराउने सरकारको तयारी

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकारहरुको प्रदर्शन (तस्बिर)

काठमाडौँ– पत्रकारको पक्राउ र सञ्चार गृहमा प्रहरीले शुक्रबार गरेको धरपकडविरुद्ध

पहिरोले बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षासँगै पहिरो खसेपछि बेनी–जोमसोम र

मुस्ताङमा भारी हिमपात र वर्षा, जनजीवन प्रभावित

मुस्ताङ– अर्नब चक्रवातको प्रभावले उपल्लो मुस्ताङमा भारी हिमपात र तल्लो

रास्वपा सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ