निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति « Khabarhub

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको छ । असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाले गाउँपालिकाले ठूलो धनजनको क्षति ब्यहोर्नु परेको हो । 

अविरल वर्षासँगै आएको बाढीपहिरोले बागलुङको निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको छ भने करिब रु १० करोड बराबरको भौतिक क्षति पुर्‍याएको निसीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुनमगरले बताए।  

निसीखोला गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा एकैपरिवारका चार जनाको मृत्यु भएको छ । पहिरोमा परी श्यामकुमारी विक र उनका तीन छोरा मनोज, मुकेश तथा निसान विकको ज्यान गएको हो । यस्तै निसीखोला–६ मा गोठ पुरिँदा गोठभित्र सुतिरहेका सुर्ज घर्तीमगरको मृत्यु भएको थियो । 

गाउँपालिका–४ स्थित कानाबगर र झिवाखोला बजारको केही भाग बगरमा परिणत भएको छ । मध्यपहाडी लोकमार्गको निसीखोला खण्डमा ठूलो क्षति बनाएको छ । झिवाखोला बजारको पुरानो बजार, हाडवर्यर, फर्निचर, किराना पसल तथा लिटिल रोज बोर्डिङसहित प्रहरी चौकीमा क्षति पुर्‍याएको छ । 

गाउँपालिकामा सडक पूर्वाधार, निजी आवास, विद्यालय तथा स्वास्थ्य चौकी भवन, खानेपानी, सिँचाइ, लघु विद्युत्, पुल र कृषि क्षेत्रमा ठूलो क्षति भएको छ ।  गाउँपालिका भरमा निसीखोलामा आएको बाढी र विभिन्न क्षेत्रमा खसेको पहिरोले नौ करोड ९२ लाख २९ हजार ९५० को भौतिक क्षति गराएको छ । 

सडक पूर्वाधारमा रु तीन करोड ४० लाख, भवन तथा आवासमा पाँच करोड ३० लाख, खानेपानीमा पाँच लाख १२ हजार, सिँचाइमा ३५ लाख ३८ हजार, विद्युत्मा रु ३७ लाख ४० हजार, झोलुङ्गे पुलमा रु २० लाख, कृषि क्षेत्रमा रु ३३ लाख २८ हजार नोक्सानी भएको छ । 

बाढीपहिरोले सडक पूर्वाधारमा क्षति पुऱ्याउँदा ग्रामीण क्षेत्रको जनजीवन नै प्रभावित बनाएको छ । कालोपत्र सडक, ढलान सडक, ग्याबिन पर्खाल र नालीमा क्षति पुगेको छ । 

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ६ : ५२ बजे

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको