रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा « Khabarhub

रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा बलियो स्थिति बनाएको छ ।

डर्बनस्थित किंग्समिड मैदानमा जारी टेस्टको दोस्रो दिन अस्ट्रेलियाले पहिलो इनिङ्समा ३९० रन बनाउँदै सबै विकेट गुमायो । एक समय कमजोर अवस्थामा पुगेको अस्ट्रेलियाको इनिङ्सलाई रेनशले सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरे ।

रेनशले २०४ बलमा शतक पूरा गरेका थिए । उनले कुल १९० रन बनाएर आउट भए । उनको इनिङ्समा २० चौका र तीन छक्का सामेल थिए । अस्ट्रेलियाले एक समय १२४ रन बनाउँदा ६ विकेट गुमाइसकेको थियो । त्यसपछि रेनश र कप्तान प्याट कमिन्सले सातौँ विकेटका लागि महत्त्वपूर्ण साझेदारी गर्दै टोलीलाई संकटबाट निकाले । कमिन्सले ४३ रन बनाए ।

त्यसपछि रेनशले तल्लो क्रमका ब्याटरहरूसँग पनि उपयोगी साझेदारी गरे । विशेषगरी नाथन लायनसँग नवौँ विकेटका लागि १३४ रनको साझेदारी भएपछि अस्ट्रेलियाले ठूलो योगफल तयार पार्न सफल भयो । लायनले २७ रन बनाए ।

दक्षिण अफ्रिकाका साइमन हार्मरले रेनशलाई आउट गरेपछि अस्ट्रेलियाको पहिलो इनिङ्स ३९० रनमा समाप्त भयो । जवाफी ब्याटिङ थालेको दक्षिण अफ्रिकाले दोस्रो दिनको खेल समाप्त हुँदा १ विकेट गुमाएर २७ रन बनाएको थियो । रायन रिकेल्टनलाई शून्य रनमा जोस हेजलवुडले आउट गरे । एडेन मार्क्रम १५ र डेभिड बेडिङहम १० रनमा खेलिरहेका थिए ।

दक्षिण अफ्रिका पहिलो इनिङ्समा अस्ट्रेलियाभन्दा ३६३ रनले पछाडि रहेको छ । खेलको तेस्रो दिन दक्षिण अफ्रिकाले आफ्नो इनिङ्सलाई सम्हाल्दै अस्ट्रेलियाको योगफलसँगको दूरी घटाउने प्रयास गर्नेछ ।

सन् २०१७ मा पाकिस्तानविरुद्ध आफ्नो पहिलो टेस्ट शतक बनाएका रेनशले झन्डै नौ वर्षपछि दोस्रो टेस्ट शतक पूरा गरेका हुन् । उनको यो प्रदर्शनले अस्ट्रेलियालाई डर्बन टेस्टमा बलियो अवस्थामा पुर्‍याएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  ८ : २३ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै