बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित « Khabarhub

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित


२४ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली याक्सले बंगलादेशका युवा क्रिकेटर अरिफुल इस्लामलाई अनुबन्ध गरेको छ ।

२१ वर्षीय अरिफुलले बंगलादेशको यू–१९ राष्ट्रिय टोलीबाट विश्वकप खेलिसकेका छन् । उनले बंगलादेशको यू–१९ राष्ट्रिय टोली, हाई पर्फर्मेन्स टोली तथा ‘ए’ टोलीबाट समेत खेलिसकेका छन् ।

अरिफुलले हालै अस्ट्रेलियामा भएको टप इन्ड टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । बंगलादेश हाई पर्फर्मेन्स टोलीबाट खेलेका उनले सात खेलमा २१९ रन बनाएका थिए । ३६.५० को औसत र १३८.६० को स्ट्राइक रेटमा रन बनाएका उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीमध्ये तेस्रो स्थानमा रहे । उनले प्रतियोगितामा दुई अर्धशतकसमेत प्रहार गरेका थिए ।

अरिफुलले यसअघि बंगलादेश प्रिमियर लिग (बीपीएल)मा सिलेट स्ट्राइकर्सबाट खेलेका थिए । उक्त प्रतियोगितामा उनले चार खेलमा ७६ रन बनाएका थिए । समग्रमा उनले १७ टी–२० खेलमा ४२७ रन बनाइसकेका छन् ।

कर्णाली याक्समा अनुबन्ध भएसँगै अरिफुलले पहिलोपटक बंगलादेशबाहिरको फ्रेन्चाइज लिग खेल्ने अवसर पाएका छन् । उनी यसअघि बंगलादेशको घरेलु फ्रेन्चाइज प्रतियोगितामा मात्रै सहभागी भएका थिए ।

कर्णाली याक्सले यसअघि बंगलादेशका विकेटकिपर ब्याटर अकबर अलीलाई पनि टोलीमा अनुबन्ध गरेको थियो । अरिफुलको आगमनसँगै टोलीमा बंगलादेशका दुई खेलाडी भएका छन् ।

एनपीएलको तेस्रो संस्करण अक्टोबर २७ देखि सुरु हुँदैछ । प्रतियोगिताका सबै खेल काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८३, शनिबार  १० : ४७ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार