यमपञ्चक : आज गोवर्द्धन पूजा र हलि तिहार मनाइँदै « Khabarhub

यमपञ्चक : आज गोवर्द्धन पूजा र हलि तिहार मनाइँदै


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज कार्तिक शुक्ल प्रतिपदा । यमपञ्चक अन्तर्गत आज गोवर्द्धन, बली, गोरु र हलीको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।

आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वतका रूपमा पूजा गर्ने परम्परा छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले आफ्नो हत्केलाले गोवर्द्धन पर्वत उचालेर गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाउनुभएको सम्झनामा गोवर्द्धन पूजा गर्ने प्रचलन रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए ।

कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएका दिन गोवर्द्धन पूजा गर्नुपर्ने धार्मिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले बताए ।

बली, हली र गोरु पूजा
भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्र्यलोकको शासन गर्ने अधिकार दिएको धार्मिक विश्वासअनुसार आज बली राजाको पनि पूजा आराधना गरिन्छ । यही विश्वासका आधारमा तिहारमा देउसी खेल्नेले ‘हामी त्यसै आएनौँ, बली राजाले पठाए’ भन्दै भट्याउने परम्परा चलेको हो ।

वर्षभरि खेतबारी जोतेर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठा परिकार खान दिने चलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेका रूपमा समेत पूजा गर्ने परम्परा छ ।

यसैगरी, वर्षभरि गोरु जोतेर खेतीपाती गर्ने हली तथा अन्य कृषि कर्ममा संलग्न किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाउने गरिन्छ । त्यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।

 

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ५ : ५३ बजे

यमपञ्चक : आज गोवर्द्धन पूजा र हलि तिहार मनाइँदै

काठमाडौँ– आज कार्तिक शुक्ल प्रतिपदा । यमपञ्चक अन्तर्गत आज गोवर्द्धन,

आज २०८३ साल कात्तिक २४ गते मंगलबार राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक २४ गते मंगलबार सन् २०२६

सुन्दर कीर्तिपुर मैदान (फोटो फिचर)

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय

अनुशासित रूपमा २४ सै घण्टा देउसी-भैलो सञ्चालन गर्न दिन गृहको परिपत्र

काठमाडौँ – गृह मन्त्रालयले तिहारका अवसरमा परम्परागत रूपमा खेलिने देउसी–भैलो

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी