गोवर्द्धन पूजा,  गोरू तिहार र म्ह पूजाको महत्त्व « Khabarhub

गोवर्द्धन पूजा,  गोरू तिहार र म्ह पूजाको महत्त्व


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यमपञ्चक अन्तर्गत तिहारको चौथो दिन गोवर्द्धन पूजा, गोरू तिहार र म्ह पूजा मनाइन्छ । यी हरेकको आफ्नै धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व छ । यी पर्वहरूले नेपाली समाजमा प्रकृति, जनावर, मानव र देवीदेवतासँगको सम्बन्धलाई सम्मान गर्ने र जीवनमा समृद्धि, सुरक्षा र खुशियालीको कामना गर्ने परम्परालाई प्रकट गर्छन् ।

यस दिन मानिसले घर वरिपरि वा आँगनमा गोवर्द्धन पर्वतको सानो मूर्ति बनाएर दूध, दही, घिउ, फूल र अन्य सामग्री चढाउँछन्। यसरी पूजा गर्दा समृद्धि, बालिको सुरक्षा र वातावरणीय मैत्री कायम रहोस् भन्ने विश्वास गरिन्छ ।

गोवर्द्धन पूजा भगवान कृष्णसँग सम्बन्धित छ । पुरानो कथाअनुसार, गोकुलमा बसोबास गर्ने मानिस र गाईबस्तुहरूलाई वर्षादेखि बचाउन कृष्णले गोवर्द्धन पर्वत उठाएर उनीहरूलाई तेज वर्षाबाट सुरक्षा गरेका थिए । 

यसै दिन मनाइने गोरू तिहारमा खेतमा मुख्य सहयोग गर्ने गोरूलाई विशेष सम्मान गरिन्छ । पुरानो परम्पराअनुसार, गोरूको सहयोग बिना किसानले राम्रो खेती गर्न सक्दैनथे । यसै विश्वासलाई मनन गर्दै, गोरू तिहारमा गोरूलाई माला, टीका लगाएर  मिठा खानेकुरा ख्वाइन्छ। यसले किसानको श्रमको कदर प्रकट गर्ने मात्र नभई, खेतिपातीको उत्पादन र जीवनयापनको समृद्धि सुनिश्चित गर्ने विश्वासलाई पनि बलियो बनाउँछ। नेपाली समाजमा गोरू तिहारले काम गर्ने जनावरप्रतिको कृतज्ञता र आदरको भाव झल्काउँछ, जसले परम्परागत कृषक जीवन र पशुपालनसँग गहिरो सम्बन्धलाई स्मरण गराउँछ।

यसै दिन ‘म्ह’ पूजा पनि गरिन्छ । यो पूजा विशेष गरी नेवार समुदायका मानिसले मनाउँछन् । नेवार समुदायमा ‘म्ह’ भन्नाले आफ्नो शरीर र आत्मालाई जनाउँछ। यस दिन नेवार समुदायका मानिसहरूले आफ्नो स्वास्थ्य, शक्ति र आत्मिक शुद्धिको कामना गर्छन्। यस दिन  एकले अर्कालाई टीका लगाउने, दीप बालेर पूजा गर्ने  र परिवारका सदस्यबाट आशीर्वाद साटासाट गर्छन्।

यसैगरी, यस दिन लिच्छवी कालदेखि चलिआएको भिन्तुना र्‍याली पनि निकालिन्छ। यो र्‍याली नेवार समुदायले मनाउने एक सांस्कृतिक र ऐतिहासिक महत्त्वको कार्यक्रम पनि  हो । यो खासगरी नेपाल संवतको नयाँ वर्षको अवसरमा आयोजना गरिन्छ।  भिन्तुना  र्‍यालीको माध्यमबाट नेवार समुदायले  आफ्नो परम्परा, संगीत, नृत्य र सांस्कृतिक पहिचानलाई उजागर गर्छन् । सहभागीहरूले हाकु पटासी (परम्परागत पोशाक) लगाएर विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्छन्, जसले केवल नयाँ वर्षको स्वागत मात्र होइन,  समाजमा आपसी सम्मान र पहिचानको महत्त्वलाई पनि स्मरण गराउँछ। 

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ८ : ०२ बजे

गोवर्द्धन पूजा,  गोरू तिहार र म्ह पूजाको महत्त्व

काठमाडौँ– यमपञ्चक अन्तर्गत तिहारको चौथो दिन गोवर्द्धन पूजा, गोरू तिहार र

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै भारततर्फ हुने नेपाली चियाको निर्यातमा उल्लेख्य

राप्ती नदीमा ४८ किमी तटबन्ध निर्माण

दाङ- सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही दाङले राप्ती नदीमा

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तिहार, नेपाल संवत् र छठजस्ता

एनपीएल : आज जनकपुर र सुदूरपश्चिम खेल्दै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज