चितवन– चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक खुलाइए पनि नारायणगढ–मुग्लिङ सडकखण्डमा सवारी जाम हट्न सकेको छैन ।
मङ्गलबार दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक खुलाइए पनि साँघुरो सडक, पुल तथा सवारीसाधनको अत्यधिक चापका कारण घोप्टेभीरको दुवैतर्फ लामो जाम लागेको हो ।
तिहार मनाउन काठमाडौँ जाने र काठमाडौँबाट बाहिरिने यात्रु तथा सवारीसाधन जाममा फसेका छन् । पहिरो हटेपछि पनि सडकमा सवारीको चाप बढी हुँदा यातायात सञ्चालन सहज हुन नसकेको हो ।


















प्रतिक्रिया