घोराही (दाङ)- राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका छ वर्षीय छोरा किशन डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
राजपुर गाउँपालिका–७ हाटबासस्थित मामाको घरमा आएका बेला उनी राप्ती नदीमा आज बिहान ११ः०० बजे नुहाउने क्रममा डुबेका थिए । नदीमा डुबेर अचेत भएका बालक किशनलाई लमही अस्पताल पुर्याइएको थियो ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतक बालकको शव हाल लमही अस्पतालमा राखिएको छ ।














प्रतिक्रिया