काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा सुदूरपश्चिमले जनकपुरसामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
खेलमा टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २० रन बनायो ।
सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले सर्वाधिक ३३ रन बनाए । २३ बलको सामना गरेका उनले २ चौका र २ छक्का प्रहार गरे ।
त्यसैगरी, सुदूरपश्चिमका थरिन्दु रत्नायकले २७ रन बनाए भने आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ जैब र विनोद भण्डारीले समान १० रन जोडे ।
बलिरङतर्फ जनकपुरका हर्मित सिंह एक्लैले चार विकेट लिए । त्यसैगरी, अभिषेक तिवारी, आदित्य महता, राहुल यादव र ह्यारी टेक्टरले समाान एक विकेट लिए ।
लिगमा ६ अंकका साथ सुदूरपश्चिम तेस्रो स्थानमा रहेको छ भने ४ अंक भएको जनकपुर पाचौँ स्थानमा छ ।














प्रतिक्रिया