जेन्सन ह्वाङ ‘केटी काण्ड’ मा परेपछि… « Khabarhub

जेन्सन ह्वाङ ‘केटी काण्ड’ मा परेपछि…


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वका सर्वाधिक मूल्यवान प्रविधि कम्पनी मानिने न्भिडिया का सह-संस्थापक तथा मुख्य कार्यकारी अधिकृत (सीईओ) जेन्सेन ह्वाङ एक जना चिनियाँ गुप्तचर भनिएकी महिलासँगको विवाहेत्तर सम्बन्धका कारण विवादमा तानिएका छन् । यस प्रकरणका कारण उनी अमेरिकी राष्ट्रिय सुरक्षा अनुसन्धानको घेरामा समेत परेका छन्।

कृत्रिम बौद्धिकताको क्षेत्रका अग्रणी मानिने ६३ वर्षीय ह्वाङमाथि अमेरिकी गुप्तचर अधिकारीहरूले बेइजिङका लागि जासुसी गरिरहेको आशङ्का गरिएकी चिनियाँ व्यवसायी एलिस ह्वाङसँग निकट सम्बन्ध राखेको आरोप लगाएका हुन् । यस घटना सार्वजनिक भएसँगै जेन्सेन ह्वाङले आइतबार आफ्नी पत्नी तथा परिवारसँग सार्वजनिक रूपमा माफी माग्दै आफूबाट भूल भएको स्वीकार गरेका छन् । अमेरिकाको न्युयोर्क टाइम्सको प्रतिवेदन अनुसार चिनियाँ गुप्तचर संस्थाले एलिस ह्वाङलाई जासुसीका लागि परिचालन गरेको अमेरिकी अधिकारीहरूको अनुमान छ।

सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी ‘मेगास्पिड’ मा उच्च पदमा कार्यरत रहेकी एलिसले अमेरिकी प्रतिबन्धलाई छलेर न्भिडियाका उच्च प्रविधियुक्त चिप्स चीनतर्फ पठाउन सघाएको आशङ्का समेत गरिएको छ। निगरानीका क्रममा एलिस र जेन्सेन ह्वाङबीच सञ्चार संवाद भएको खुलासा भएको हो।

यद्यपि, एलिसले चीनलाई कस्ता विवरणहरू पठाइन् भन्नेबारे अनुसन्धान जारी छ भने उनको हालको स्थिति अज्ञात रहेको छ। चीनले भने यी सबै आरोपहरूलाई आधारहीन, अनुमानित र आफ्नो छवि बिगार्ने उद्देश्यले प्रेरित भएको भन्दै खण्डन गरेको छ।यस संवेदनशील घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले यस मामिलामा अनुसन्धान गरिरहेको पुष्टि गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेन्सेन ह्वाङसँग कुराकानी गर्दा उनले ती महिला जासुस भएकोबारे आफूलाई कुनै जानकारी नरहेको बताएको र आफूले उनको भनाइमा विश्वास गरेको मिडियालाई बताएका छन्। अर्कातर्फ, न्भिडिया कम्पनीले पनि यस विषयमा स्वतन्त्र अनुसन्धान सुरु गरेको छ।

कम्पनीका अनुसार राष्ट्रिय सुरक्षामा कुनै सम्झौता भएको छैन र जेन्सेन ह्वाङ कम्पनीको नेतृत्वमा निरन्तर रहिरहने प्रतिबद्धता जनाइएको छ। न्भिडियाको सञ्चालक समितिले पनि ह्वाङको नेतृत्वप्रति अझै पूर्ण विश्वास रहेको बताएको छ। ताइवानमा जन्मिएर अमेरिकामा हुर्किएका जेन्सेन ह्वाङलाई प्रविधि जगत्मा स्टिभ जब्सजस्तै दूरदर्शी नेताका रूपमा हेरिन्छ।

सन् १९९३ मा स्थापना भएको र हाल करिब ४.५ ट्रिलियन डलर मूल्याङ्कन रहेको न्भिडिया कम्पनीले अमेजन, गुगल, माइक्रोसफ्ट जस्ता दिग्गज प्रविधि कम्पनीहरूलाई एआई चिप्स उपलब्ध गराउँदै आएको छ। परिवारलाई सधैँ प्राथमिकतामा राख्ने र अनुशासित छवि बनाएका ह्वाङको यो व्यक्तिगत तथा व्यावसायिक विवादले एआई क्षेत्रमा अमेरिका र चीनबीच चलिरहेको प्राविधिक प्रतिस्पर्धामा समेत ठूलो तरङ्ग पैदा गरेको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ६ : ५३ बजे

जेन्सन ह्वाङ ‘केटी काण्ड’ मा परेपछि…

काठमाडौं- विश्वका सर्वाधिक मूल्यवान प्रविधि कम्पनी मानिने न्भिडिया का सह-संस्थापक

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबार जनकपुर बोल्ट्स र

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा

अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पर्यटकको चहलपहल

पोखरा- पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै

जुवातास खेलिरहेको अवस्थामा ११० जना पक्राउ

काठमाडौँ- प्रहरीले देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ११० जनालाई पक्राउ