वनमन्त्री चौधरी टर्किए प्रस्थान « Khabarhub

वनमन्त्री चौधरी टर्किए प्रस्थान


२४ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-, २४ कात्तिकः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना भइरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन् । सम्मेलनको दोस्रो सातामा मन्त्री चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

साथै, उनले सम्मेलनको उच्चस्तरीय सत्रमा नेपालको तर्फबाट सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी, कृषि, वन तथा जैविक विविधतामा परेको असरका विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नेछन् ।

साथै जलवायु न्याय, जलवायु वित्त, हानि तथा नोक्सानीको क्षतिपूर्ति, जलवायुमैत्री कृषि, वन संरक्षण तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षणका विषयमा नेपालको धारणा राख्नुहुने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलबार  ७ : २२ बजे

वनमन्त्री चौधरी टर्किए प्रस्थान

काठमाडौँ-, २४ कात्तिकः कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी टर्कीएको

यु–१९ एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित

काठमाडौँ- ओमानमा जारी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानसँग

जेन्सन ह्वाङ ‘केटी काण्ड’ मा परेपछि…

काठमाडौं- विश्वका सर्वाधिक मूल्यवान प्रविधि कम्पनी मानिने न्भिडिया का सह-संस्थापक

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत मंगलबार जनकपुर बोल्ट्स र

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा