आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन् २०२६ जनवरी १० तारिख । माघ कृष्ण पक्षको सप्तमी उपरान्त अष्टमी तिथि । आज अष्टमी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : सानो कुराले मनमा खटपटी बढ्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । आफन्तबाट धोका हुनेछ । प्रेम सम्बन्धमा मनमुटाव बढ्नेछ ।

वृष : मनको कुरा सार्वजनिक गर्दा फाइदा हुनेछ । विपक्षी शान्त भएकाले काम गर्ने अवसर मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ ।

मिथुन : सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । काम गर्ने क्षेत्रमा स्वास्थ्यले साथ दिनेछ । मन प्रशन्न हुनेछ । विदेशी रमझमले तपाईंलाई आकर्षित गर्नेछ । सामाजिक सेवाको अवसर जुट्नेछ ।

कर्कट : साना कुरामा घमण्ड बढ्नेछ । काम गर्दा सचेत हुनुपर्ने दिन छ । साथीसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । कसैसँगको संयुक्त लगानीमा गरेको कामबाट लाभ हुनेछ । पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ । परिवारले भने तपाईंको आलोचना गर्नेछन् ।

सिंह : दिन सहज छ । प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ । कार्यक्षेत्रमा जोस र जाँगर बढ्नेछ । परिवारमा घुमघामको तय हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुने जोखिम रहेको छ ।

कन्या : दिन राम्रो छ । तपाईंले हरेक काममा सफलता प्राप्त गर्नुहुनेछ । गुम्न लागेको धन हात लाग्नेछ । स्वास्थ्यमा ख्याल गर्नुपर्ने दिन छ । शत्रु परास्त हुनेछन् ।

तुला : दिन सामान्य छ । अरुलाई समय दिँदा परिवारलाई समय नपुग्ने जोखिम छ । शिक्षामा गरेको प्रयास सफल बन्नेछ । परीक्षाको तयारीमा भए मेहनत गर्नुपर्ने देखिन्छ । उपचारकोक्रममा भए स्वास्थ्यमा लाभ हुनेछ ।

वृश्चिक : दिन सहज छ । रोगबाट मुक्त हुने दिन हो । विपक्षीलाई सानो ठानेमा घाटा हुने छ । बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

धनु : स्वास्थ्यमा समस्या हुनसक्ने जोखिम छ । आफन्तबाट धोका हुने जोखिम छ । घर व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ । प्रेम सम्बन्धमा खटपटी बढ्ने जोखिम देखिन्छ ।

मकर : शुभ ग्रहको बहुमत रहेकाले राजनीतिक संगठनमा गरेको प्रयास सफल बन्नेछ । शिक्षाको क्षेत्रमा लगानी गरेको भए जोस र जाँगर बढ्नेछ । परिवारमा सल्लाह गरेर महत्त्वपूर्ण निर्णय लिनु राम्रो हुनेछ ।

कुम्भ : साना कुरामा रिस उठ्ने भएकाले बोल्नु अगाडि सचेत बन्नुपर्नेछ । साथीभाइसँग अविश्वास बढ्नसक्छ । दक्षिणको लामो यात्रा नगर्नु राम्रो हुनेछ ।

मीन : सहकर्मीसँग गरेको सहकार्यबाट फाइदा हुनेछ । बोली र व्यवहारमा एकरुपता ल्याउनुपर्नेछ । दैनिक काम सहजै बन्नेछन् । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ६ : ०४ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री