भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू)  « Khabarhub

भोजपुरमा व्यवसायिक रुद्राक्ष खेती (तस्बिरहरू) 


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भोजपुर– नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै प्रख्यात छ । यो जिल्ला सुन्तला र अलैँचीका अलावा रुद्राक्ष खेतीको लागि प्रसिद्ध बन्दै गएको छ ।

धार्मिक, सांस्कृतिक तथा आर्थिक रूपमा महत्वपूर्ण मानिने रुद्राक्षको व्यावसायिक खेती विस्तारसँगै यहाँका किसानहरूको आम्दानीको प्रमुख स्रोत बनेको छ । प्राकृतिक रूपमा रुद्राक्ष उत्पादनका लागि उपयुक्त हावापानी र माटो रहेको भोजपुर जिल्लामा यसको खेती र यसबाट हुने आम्दानी पनि बढेको छ ।

‘यहाँ रुद्राक्षका करिब एक लाख बिरुवा छन् र यो नगरपालिका नेपालको रुद्राक्षको राजधानी हो । रुद्राक्षको व्यापारबाट हामीले करिब सय करोड आम्दानी गरिरहेका छौँ । यहाँबाट हामीले एकदेखि २९ मुखेसम्मका रुद्राक्ष बिक्री गरेका छौँ । मुख अनुसार यसको मूल्य पनि फरक हुने गरेको छ । यहीँबाट एकजना किसानले २१ मुखे रुद्राक्ष ७४ लाखमा व्यापारीलाई बिक्री गर्नु भएको छ,’ षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले भने ।

अहिले भोजपुरका साल्पासिलिछो, षडानन्द, रामप्रसाद र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न वडाहरूमा रुद्राक्षका बगैँचा विस्तार हुँदै गएका छन्। पहिले जङ्गलमा प्राकृतिक रूपमा पाइने रुद्राक्ष वर्षौंदेखि व्यवसायिक रूपमा खेती गर्न थालिएको छ ।

यहाँका स्थानीय किसानहरूका अनुसार रुद्राक्ष खेती दीर्घकालीन भए पनि एकपटक उत्पादन सुरु भएपछि वर्षौंसम्म राम्रो आम्दानी लिन सकिन्छ ।

यहाँ उत्पादन हुने रुद्राक्ष धार्मिक सँगसँगै सजावट र शृङ्गारका लागि पनि उपयोग हुँदै आएका छन् । यहाँ उत्पादित रुद्राक्षबाट माला, ब्रासलेट, कन्ठी, झुम्का, औँठी, पूजा सामग्री लगायतका वस्तुहरू बनाउने गरिन्छ ।

हाल भोजपुरमा उत्पादन भएका रुद्राक्ष तथा सामग्रीहरू नेपालकै काठमाडौँ, धरान, विराटनगर लगायतका क्षेत्रका साथै भारत र चीनमा समेत निर्यात हुने गरेका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ९ : ४७ बजे

राष्ट्रिय पब्जी मोबाइल च्याम्पियनसिपको फाइनल आज

काठमाडौं– नेपालमा महिला ई–स्पोट्र्स खेलाडीहरूको प्रतिभा र क्षमतालाई प्रवद्र्धन गर्ने

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्यांकन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम– मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो

संसदीय विशेष समितिको सभापति बुधबार चयन हुने

 काठमाडौं – हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङ– मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज