घनश्याम भुसालको टिप्पणी : गगन–विश्वले कांग्रेसको सिन्डिकेट भत्काए देशको राजनीतिक गतिरोध पनि तोडिन्छ « Khabarhub

घनश्याम भुसालको टिप्पणी : गगन–विश्वले कांग्रेसको सिन्डिकेट भत्काए देशको राजनीतिक गतिरोध पनि तोडिन्छ


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नेपाली काङ्ग्रेसको प्रस्तावित विशेष महाधिवेशनबारे कडा टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले नेपाली राजनीति कम्युनिष्ट र काङ्ग्रेस नेताहरूको अन्तरपार्टी सिण्डिकेटको नियन्त्रणमा रहेको आरोप लगाएका छन् ।

नेपाली काङ्ग्रेस काङ्ग्रेसीहरूका लागि र कम्युनिष्ट पार्टी कम्युनिष्टहरूका लागि हुनुपर्नेमा व्यवहार उल्टो देखिएको उनको भनाइ छ । उनले लामो समयदेखि काङ्ग्रेसलाई ओली, प्रचण्डजस्ता कम्युनिष्ट नेताहरूको स्वार्थले चलाइरहेको र कम्युनिष्ट पार्टीहरू देउवा र उनको गुटको प्रभावमा परेको दाबी गरेका छन्।

यी नेताहरूबीच देखिने झगडा सतही मात्र भएको उनले बताएका छन् । निर्णायक मोडमा सबै एकै ठाउँमा उभिएर उनीहरू सत्ताको दोहनमा लाग्ने उनको भनाइ छ।

भुसालले यस प्रवृत्तिलाई करिब २५ वर्षदेखि ‘दलाल पुँजीवाद’ भन्दै आएको उल्लेख गरेका छन्। आफ्नै पार्टीभित्र असहिष्णु हुने नेताहरू सत्ता बाँडफाँडमा भने अर्को पार्टीका नेतासँग सहजै मिल्ने गरेको उनको टिप्पणी छ।

भुसालले हरिवंश राय बच्चनको ‘मधुशाला’ कविताको उदाहरण दिँदै दलाल पुँजीवादले काङ्ग्रेस र कम्युनिष्टलाई एउटै थलोमा राखेको बताएका छन्। उनका अनुसार यही बिचौलिया तन्त्रले नेपाली राजनीतिको वास्तविक वैचारिक भिन्नतालाई निष्क्रिय बनाएको छ।

नेपाली काङ्ग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन हुने चर्चा सन्दर्भमा भुसालले त्यसलाई काङ्ग्रेसको आन्तरिक मामिला भनेका छन् ।

तर उक्त महाधिवेशनले राजनीतिक ‘मधुशाला’ भत्काउन सके त्यसले वर्तमान राजनीतिक गतिरोध तोड्न महत्वपूर्ण भूमिका खेल्ने उनको धारणा छ ।

उनले काङ्ग्रेस काङ्ग्रेसीहरूको हातमा फर्किए कम्युनिष्ट पार्टी पनि कम्युनिष्टहरूको हुन बाध्य हुने बताए। त्यसो भए खुलेआम भइरहेका विचारको खरिद–बिक्री रोकिने र दलाल पुँजीवादको संयुक्त कार्यालय’ विघटन हुने भुसालको निष्कर्ष छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ११ : ५४ बजे

रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ