पाकिस्तानी रक्षा मन्त्रीले भने– अमेरिकाले नेतन्याहूलाई पनि ‘अपहरण’ गरेर मुद्दा चलाउनु पर्छ « Khabarhub

पाकिस्तानी रक्षा मन्त्रीले भने– अमेरिकाले नेतन्याहूलाई पनि ‘अपहरण’ गरेर मुद्दा चलाउनु पर्छ


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा मोहम्मद असिफले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई लिएर विवादित बयान दिएका छन्।

एक टेलिभिजन अन्तर्वार्तामा असिफले संयुक्त राज्य अमेरिका र टर्कीलाई नेतन्याहूलाई ‘अपहरण’ गरेर अदालतमा ल्याउनुपर्ने सुझाव दिएका छन् । उनको यो भनाइले अन्तर्राष्ट्रिय स्तरमा नयाँ विवाद सिर्जना गरेको छ।

अन्तर्वार्तामा असिफले नेतन्याहूलाई ‘मानवताको सबैभन्दा ठूलो अपराधी’को संज्ञा दिए । गाजा क्षेत्रमा प्यालेस्टिनिहरूमाथि भएका कथित क्रूरताहरू इतिहासमै अक्षम्य रहेको बताएका छन्। ‘अमेरिका मानवता को पक्षमा हो भने नेतन्याहूलाई अपहरण गरी कुनै अदालतमा मुद्दा चलाउनुपर्छ’, उनले भने ।

उनले हालै अमेरिकाद्वारा भेनेजुएलाका राष्ट्रपतिलाई नियन्त्रणमा लिई सुनवाईका लागि न्यूयोर्क ल्याइएको घटनाको उदाहरण पनि दिएका छन् । यदि त्यस्तो सम्भव छ भने नेतन्याहूसँग पनि त्यही व्यवहार हुनुपर्ने उनले जोड दिएका छन्।

अन्तर्वार्ताको क्रममा असिफले टर्कीले पनि नेतन्याहूलाई समात्न सक्ने सुझाव दिएका थिए । ‘पाकिस्तानीहरू त्यसका लागि प्रार्थना गरिरहेका छन्’, उनले थपे । उनले अन्तर्राष्ट्रिय आपराधिक अदालत (आईसीसी) द्वारा नेतन्याहूविरुद्ध जारी गिरफ्तार वारन्टलाई समेत उद्धृत गरे।

पाकिस्तानी अधिकारीबाट आएको यस किसिमको खुला अपीललाई असाधारण मानिएको छ।

यसले पाकिस्तान र इजरायलबीचको तनावपूर्ण कूटनीतिक सम्बन्धलाई थप जटिल बनाउने आशंका बढाएको छ । हालसम्म यसबारे अमेरिका र इजरायल सरकारबाट औपचारिक प्रतिक्रिया आएको छैन।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १२ : १४ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६