कांग्रेसका ‘सात भाइ’ मा फुट, गोपालमान विशेष महाधिवेशनको पक्षमा « Khabarhub

कांग्रेसका ‘सात भाइ’ मा फुट, गोपालमान विशेष महाधिवेशनको पक्षमा


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किँदै जाँदा सभापति शेरबहादुर देउवा निकट मानिने ‘सात भाइ’ समूहमा फुट देखिएको छ। उक्त समूहका प्रमुख नेता तथा पूर्वउपसभापति गोपालमान श्रेष्ठ विशेष महाधिवेशनको पक्षमा खुलेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा कांग्रेसको विशेष महाधिवेशनको तयारी तीव्र बनाइएको छ। सभापति देउवाको असहमतिकै बीच विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइँदा महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउन थालेका छन्।

यसै सन्दर्भमा देउवा पक्षमै गनिने गोपालमान श्रेष्ठले विशेष महाधिवेशन अपरिहार्य भएको धारणा सार्वजनिक रूपमा राखेका छन्। उनको यस अडानसँगै कांग्रेसभित्र लामो समयदेखि प्रभावशाली मानिँदै आएको ‘सात भाइ’ समूह फुटेको छ ।

गगन–विश्व समूहको अगुवाइमा आइतबार र सोमबार काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आयोजना हुँदैछ। उक्त महाधिवेशनलाई पार्टीको वर्तमान नेतृत्व र संरचनामाथि पुनर्विचार गर्ने मञ्चका रूपमा हेरिएको छ। ‘सात भाइ’ भनेर चिनिने समूहमा गोपालमान श्रेष्ठ, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, प्रकाशशरण महत लगायतका नेता समावेश छन्।

यस समूहले विगतमा पार्टी विधानअनुसार नियमित महाधिवेशन हुनुपर्ने, गुटबन्दी अन्त्य गर्नुपर्ने र समावेशी नेतृत्व चयन गर्नुपर्ने माग गर्दै दबाब सिर्जना गरेको थियो। तर विशेष महाधिवेशनको सवालमा गोपालमान श्रेष्ठ खुला रूपमा पक्षमा उभिँदा अन्य नेताहरू अझै स्पष्ट धारणा नखुलाएको अवस्था छ।

यसले कांग्रेसभित्र शक्ति सन्तुलन फेरिन सक्ने संकेत देखिएको छ। विशेष महाधिवेशनले कांग्रेसको नेतृत्व, संगठनात्मक संरचना र आगामी राजनीतिक दिशा तय गर्ने भएकाले यसलाई पार्टीभित्र निर्णायक मोडका रूपमा हेरिएको

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ३ : २० बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६