जनकपुर– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले तत्कालीन पञ्चायत व्यवस्थाविरोधी आन्दोलनका अगुवा नेता सत्यनारायण पाठकको जति चर्चा गरे पनि अपुरो हुने बताएका छन् ।
पाठकको ३८औँ स्मृति दिवसका अवसरमा आज जनकपुरधाम उपमहानगरपालिका–८ मा आयोजित कार्यक्रममा उनले पाठकले लोकतन्त्र, न्याय र अधिकारका लागि पुर्याएको योगदान अविस्मरणीय रहेको बताए।
कार्यक्रममा प्रदेशसभा सदस्यद्वय रामसरोज यादव, कुमरकान्त झा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, वडा नं १३ का अध्यक्ष जितबहादुर राउत, नेपाली कांग्रेसका नेता रामप्रसाद पजियारलगायतले पाठकको योगदानबारे आफ्नो विचार व्यक्त गरे।
त्यस अवसरमा कार्यक्रमस्थलमा रहेको स्व पाठकको शालिकमा माल्यार्पण गरिएको थियो। विसं २०४५ पुस २६ गते सार्वजनिक जग्गा अधिग्रहण गरी बस्ती बसाउने क्रममा भएको आन्दोलनमा राज्य पक्षले पाठकको हत्या गरेको वक्ताहरूको भनाइ थियो ।













प्रतिक्रिया