कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा « Khabarhub

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी पूरा


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको समर्थनमा हुन लागेको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । दोस्रो विशेष महाधिवेशन पक्षधर समूहले आज यहाँ पत्रकार सम्मेलन गरी आइतबारदेखि सुरु हुने विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले विशेष महाधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न मञ्च व्यवस्थापनको काम सम्पन्न गरिएको जानकारी दिए । भृकुटीमण्डपस्थित खुला चौरमा हुने कार्यक्रमको मञ्चमा ५० कुर्सी र मैदानमा छ हजारभन्दा बढी कुर्सीहरू राख्ने गरी व्यवस्थापन गरिएको संयोजक पुडासैनीले बताए ।

मञ्च वरिपरि कांग्रेसको झण्डा, ब्यानर तथा प्रचारप्रसार सामग्री राखिएका छन् । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने ¥यालीलाई व्यवस्थित गराउने गरी तयारी थालिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस्तै, विशेष महाधिवेशनमा आउने तीन हजार ६०० प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाले जानकारी दिए । महाधिवेशन प्रतिनिधि बस्नका लागि काठमाडौँको सुन्धारा, बागबजार, ठमेल, एयरपोर्ट, सिनामङ्गल र गौशाला क्षेत्रका विभिन्न होटलमा व्यवस्थापन गरिएको उनले बताए ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ९ : ०७ बजे

कांग्रेस महामन्त्रीद्वयको अगुवाइमा यसरी हुँदैछ विशेष महाधिवेशन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा

पृथ्वी जयन्ती : यस्ता छन् १० दिव्य उपदेश

काठमाडौं – राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी

ढोरपाटनका विद्यार्थीको पीडा : कठ्याङ्ग्रिँदै पढ्नुपर्ने बाध्यता

बागलुङ– अत्यधिक चिसो बढेपछि ढोरपाटनमा खोला र धारमा पानी जम्न

कांग्रेस विशेष महाधिवेशन : यी ६ स्थानबाट जुलुस निकालिँदै

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको सुरु हुँदैछ

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

दाङ– थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन