गाईभैँसी खरिद गर्न गाउँपालिकाको अनुदान « Khabarhub

गाईभैँसी खरिद गर्न गाउँपालिकाको अनुदान


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पर्वत– मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ ।

आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा  निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको हो । 

गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउँदै व्यावसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले यस वर्षदेखि गाईभैँसी खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिए । 

प्रशासकीय अधिकृत पुरीका अनुसार प्रति एक गाई वा भैँसी खरिद गर्ने किसानलाई २५ हजार अनुदान दिइने छ । 

कुनै सहकारी, सामूहिक वा व्यक्तिगत व्यावसायिक फार्म तथा पालिकाभित्रका जुनसुकै किसानले पनि अनुदान लिन सक्ने छन् । 

अनुदान लिन सम्बन्धित वडा कार्यालयको सिफारिस, तोकिएको निवेदन र परियोजना प्रस्ताव, नागरिकताको प्रतिलिपि, व्यवसाय सञ्चालनका लागि जग्गा करारमा लिएको कम्तीमा पाँच वर्षको सम्झौता पत्र वा जग्गाधनी पुर्जा उपलब्ध गराउनुपर्ने गाउँपालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

बढ्दो युवा पलायन, बाँदर आतङ्क, बजार अभावलगायत कारणले कृषि तथा पशुपालन व्यवसायमा लाग्ने किसानको सङ्ख्या न्यून हुँदै गएका बेला यसतर्फ आकर्षित गर्न यो कार्यक्रमबाट प्रोत्साहन मिल्ने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताइन् । उनले गाईभैँसी खरिद गर्न माग बढ्दै गएमा अर्को वर्ष लगाइ बढाउँदै जाने बताइन् । 

पोखरा–बागलुङ सडक तथा अधिकांश वडा तहसम्म कालोपत्र सडकको पहुँच पुगेको मोदी गाउँपालिका कृषि तथा पशुपालनका लागि उर्वर भूमि मानिन्छ । 

अहिले पनि बाजुङ, देउपुर, भुकताङ्ले, तिलाहारलगायत स्थानका किसानले व्यावसायिक रूपमा गाईभैँसीपालन, कुखुरापलन तथा बाख्रापालन व्यवसाय गर्दै आएका छन् ।    
 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  १२ : ०९ बजे

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय