बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित « Khabarhub

बागमती प्रदेशसभाबाट आठ वर्षमा ९० विधेयक पारित


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक पारित भएका छन् । हालसम्म प्रदेशसभाबाट पारित ९० विधेयकमध्ये ८९ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएर कार्यान्वयनमा आएका छन् । 

प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुखबाट फिर्ता भई पुनः प्रदेशसभाअन्तर्गतको विषयगत समितिमा विचाराधीन रहेको बागमती प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए । उनका अनुसार हालसम्म प्रदेशसभामा ९३ विधेयक दर्ता भएका छन् । 

यस्तै प्रदेशसभाबाट ५० मूल ऐन पारित भएका र २१ संशोधन पारित भएका सचिव दर्जीले बताए। प्रदेशसभामा दर्ता भएका १४ अध्यादेशमध्ये शतप्रतिशत स्वीकृत भएको र सातवटा प्रतिस्थापन तथा पाँचवटा निष्क्रिय भएको उनले जानकारी दिए । 

पछिल्लो पटक प्रदेशसभामा प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको छ । 

प्रदेश सरकार सञ्चालन गर्न आवश्यक अधिकांश ऐन कानुन प्रदेश सरकारले निर्माण गरिसकेको अन्य कतिपय ऐन, अध्यादेश, विनियमावली निर्माण क्रममा रहेका सचिव दर्जीले बताए।
 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  १ : २९ बजे

बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग

एजेन्सी– बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारीहरू

बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू) 

काठमाडौं– बारामा नगदे बालीका रूपमा रहेको उखु बिक्रीको सिजन सुरु

पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : दुई जनाको मृत्यु, एक घाइते

वासिङ्टन– पूर्वी प्रशान्त महासागरमा लागूऔषध तस्करीको आशंकामा लक्षित एक डुंगामाथि

दार्चुलामा प्रहरी हवल्दारको हत्या : दुई युवतीसहित तीनजना पक्राउ

दार्चुला– दार्चुला सदरमुकाममा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या आशंकामा तीनजना

दार्चुलामा प्रहरी हवल्दार मृत भेटिए, दुई जना पक्राउ

 दार्चुला – दार्चुलामा जनपद प्रहरीका एक हवल्दार मृत फेला परेका