भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर « Khabarhub

भ्रष्टाचार नियन्त्रणमा नेपाल स्थिर


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई)ले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक, २०२५ अनुसार नेपालले यस वर्ष पनि ३४ अंक प्राप्त गरेको छ । गत वर्ष जस्तै अंक कायम रहँदा भ्रष्टाचार नियन्त्रणको अवस्थामा उल्लेखनीय सुधार देखिन नसकेको संकेत सूचकांकले दिएको छ ।

विश्वका १८० देश समेटिएको सूचकांकमा नेपाल १०० मध्ये ३४ अंकसहित मध्यमभन्दा कमजोर अवस्थामै रहेको छ । सूचकांकअनुसार शून्य अंक अत्यधिक भ्रष्ट र १०० अंक अत्यन्त पारदर्शी मुलुकलाई जनाउँछ ।

टीआई नेपालले सार्वजनिक गरेको विवरणअनुसार नेपालका लागि सूचकांक निर्धारण गर्दा विश्व बैंक, विश्व आर्थिक मञ्च, बर्टेल्सम्यान फाउन्डेसन, ग्लोबल इन्साइट, वल्र्ड जस्टिस प्रोजेक्ट, भी–डेमलगायतका अन्तराष्ट्रिय संस्थाका तथ्यांकलाई आधार बनाइएको छ । 

दक्षिण एसियाली मुलुकहरूमध्ये भूटानले सबैभन्दा बढी ७१ अंक प्राप्त गरेको छ भने भारतले ३९, माल्दिभ्सले ३९, श्रीलंकाले ३५, पाकिस्तानले २८, बङ्गलादेशले २४ र अफगानिस्तानले १६ अंक प्राप्त गरेका छन् । छिमेकी मुलुक चीनले ४३ अंक पाएको छ । भूटानबाहेक अधिकांश दक्षिण एसियाली देशमा भ्रष्टाचार गम्भीर समस्याका रूपमा कायम रहेको टीआईको निष्कर्ष छ ।

राजनीतिक अस्थिरता, कमजोर सुशासन, सार्वजनिक पदको दुरुपयोग, दण्डहीनता र पारदर्शिताको अभाव सूचकांक सुधार नहुनुको प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा जनआन्दोलन, युवा सक्रियता र नागरिक दबाब बढ्दै गए पनि त्यसले ठोस नीतिगत तथा संरचनागत सुधारमा रूपान्तरण हुन नसकेको उल्लेख छ । सार्वजनिक सेवा प्रवाह, ठेक्का–पट्टा, कर प्रणाली र न्यायिक प्रक्रियामा अझै पनि भ्रष्टाचारको जोखिम उच्च रहेको टीआई नेपालको निष्कर्ष छ । 

टीआई नेपालले भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक इच्छाशक्ति, कानुनको पूर्ण कार्यान्वयन, स्वतन्त्र न्यायपालिका, पारदर्शी प्रशासन र नागरिक सहभागिता सुदृढ गर्नुपर्नेमा जोड दिएको छ । 

टिआईले विश्वभर व्याप्त भ्रष्टाचारको अवस्थाको मूल्यांकन गर्दै तयार पारेको सूचकांकमा यस वर्ष १८२ देश समेटिएका छन् ।

विश्वव्यापी औसत अंक गत वर्षको तुलनामा एक अंकले घटेर ४२ मा झरेको छ । सूचकांकअनुसार १०० अंक अत्यन्त पारदर्शी र ० अंक अत्यधिक भ्रष्ट अवस्थालाई जनाउँछ । 

एक दशकअघि सूचकांकमा ८० भन्दा बढी अंक प्राप्त गर्ने देशको सङ्ख्या १२ रहेकामा सन् २०२५ मा घटेर पाँचमा सीमित भएको छ । टीआईका अनुसार सन् २०१२ यता ५० भन्दा बढी देशमा भ्रष्टाचार नियन्त्रणको अवस्था कमजोर बन्दै गएको देखिन्छ भने सुधार देखाउने देशको सङ्ख्या ३१ मात्रै रहेको छ । समग्रमा विश्वका दुई तिहाइ देशले ५० भन्दा कम अंक प्राप्त गरेका छन् । 

सूचकांकमा डेनमार्क लगातार आठौँ वर्ष पनि सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा ८९ अंकसहित शीर्ष स्थानमा छ । दक्षिण सुडान र सोमालिया समान नौ अंकका साथ सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छन् । 

टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले नेपालको अंक गत वर्ष जस्तै यस वर्ष पनि ३४ मा स्थिर रहनु सरकारहरूद्वारा भ्रष्टाचारविरुद्ध ठोस काम हुन नसकेको संकेत भएको बताए। छवटा अन्तर्राष्ट्रिय संस्थाबाट सन् २०२५ को अगस्तसम्मका सुशासनसम्बन्धी तथ्यांकलाई आधार मानेर नेपालको मूल्यांकन गरिएको हो । 

अध्यक्ष शर्माका अनुसार नेपालमा भ्रष्टाचारकै कारण देशले ठूलो धनजनको क्षति व्यहोर्नु परेको, सुशासन कमजोर बनेको र नागरिकमा असन्तोष बढेको अवस्था छ । 

‘यही पृष्ठभूमिमा हालै देखिएका जेनजी तथा युवा आन्दोलनहरू भ्रष्टाचारविरुद्ध केन्द्रित थिए,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको दृढ प्रतिबद्धता, कानुनको पूर्ण कार्यान्वयन, अन्तर्राष्ट्रिय प्रतिबद्धता पालना र नियमनकारी निकाय सुदृढीकरण अपरिहार्य छ ।’

पूर्वअध्यक्ष पद्यिनी प्रधानाङ्गले आगामी निर्वाचनमार्फत भ्रष्टाचारमा संलग्न नहुने, इमानदार र प्रतिबद्ध नेतृत्व चयन गर्नु आजको आवश्यकता रहेकामा जोड दिए । टीआई नेपालका महासचिव सागरराज शर्माले नेपाल भ्रष्टाचार निरवारणको क्षेत्रमा सफल हुन नसकेको उल्लेख गर्दै आगामी दिनमा भ्रष्टाचार निवारणका लागि सबै क्षेत्रबाट पहल गर्न आवश्यक रहेकोमा जोड दिए।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  १ : ४९ बजे

सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार १४.०४ प्रतिशतले घटायो

काठमाडौं– सरकारले अर्धवार्षिक समिक्षामार्फत चालू आर्थिक वर्षको बजेट खर्च अनुमान

बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग

एजेन्सी– बङ्गलादेशको संसदीय चुनावको मतदान दिन नजिकै जाँदा निर्वाचन अधिकारीहरू

बाराका किसानलाई उखु काट्न चटारो (तस्बिरहरू) 

काठमाडौं– बारामा नगदे बालीका रूपमा रहेको उखु बिक्रीको सिजन सुरु

पूर्वी प्रशान्तमा अमेरिकी सैन्य कारबाही : दुई जनाको मृत्यु, एक घाइते

वासिङ्टन– पूर्वी प्रशान्त महासागरमा लागूऔषध तस्करीको आशंकामा लक्षित एक डुंगामाथि

दार्चुलामा प्रहरी हवल्दारको हत्या : दुई युवतीसहित तीनजना पक्राउ

दार्चुला– दार्चुला सदरमुकाममा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या आशंकामा तीनजना