संकटमा परेका राजपाल यादवलाई सोनू सूदको सहयोग « Khabarhub

संकटमा परेका राजपाल यादवलाई सोनू सूदको सहयोग


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका हास्य कलाकार राजपाल यादव हाल चेक बाउन्स मुद्दाका कारण कानुनी विवादमा फसेका छन् ।

दिल्ली हाई कोर्टको आदेश अनुसार ५ फेब्रुअरीमा उनलाई तिहाड़ जेलमा सरेंडर गर्नुपरेको थियो। जेल जानुअघि राजपालले भावुक हुँदै बताए, ‘मसँग पैसा छैन।’

यस कठिन घडीमा, बलिउडका दानवीर अभिनेता सोनू सूदले राजपाल यादवको समर्थन गरेका छन्। 

सोनूले सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखे, ‘राजपाल एक प्रतिभाशाली अभिनेता हुन् जसले इन्डस्ट्रीलाई धेरै सम्झिनलायक काम दिएका छन्।’ उनले थपे, ‘जीवनमा कहिलेकाहीँ अनुचित परिस्थितिहरू आउँछन्, तर यो प्रतिभाका कारण होइन, समयको मारका कारण हो।’

सोनूले प्रोड्यूसर, निर्देशक र आफ्ना कलाकार साथीहरूलाई पनि अपिल गर्दै भने कि यस कठिन समयमा राजपाल यादवलाई सहयोग गर्नु आवश्यक छ। साथै, उनले घोषणा गरे कि आफ्नो आगामी प्रोजेक्टमा उनी राजपाललाई काम दिनेछन्।

सोनूले यो सहयोग च्यारिटी नभई सम्मानको कुरा भएको पनि स्पष्ट पारे। 

उनले भने, ‘सानो साइनिङ अमाउन्ट दिएर भविष्यका कामसँग एडजस्ट गर्न सकिन्छ, तर असल कलाकारलाई कठिन समयमा एक्लो महसुस हुन नदिनु उद्योगको जिम्मेवारी हो।’

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ४ : ०० बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर