गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने « Khabarhub

गण्डकीमा २१ हजार किशोरीलाई ‘एचपीभी’ खोप लगाइने


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशमा यस वर्ष २१ हजार १३४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप लगाइने भएको छ। पोखरास्थित प्रादेशिक जनस्वास्थ्य केन्द्रका अनुसार सबैभन्दा धेरै कास्कीमा पाँच हजार ६४९, नवलपुरमा तीन हजार ५८५ र तनहुँमा दुई हजार ६२५ जना किशोरीलाई उक्त खोप प्रदान गरिने भएको हो । 

यस्तै बागलुङमा दुई हजार ३०२, गोरखामा एक हजार ८८०, स्याङ्जामा एक हजार ७८९, लमजुङमा एक हजार २५८, पर्वतमा ९५०, म्याग्दीमा ९२६, मुस्ताङमा १४७ र मनाङमा २६ जनालाई ‘एचपीभी’ खोप लगाइने प्रादेशिक जनस्वास्थ्य केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिए। 

कक्षा ६ मा अध्ययनरत २० हजार ५५९, १० वर्ष उमेरका विद्यालयबाहिर रहेका १९१, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्मका ३२७ र गत वर्ष खोप लगाउन छुटेका ११ देखि १४ वर्षसम्मका २० किशोरीलाई यस वर्ष खोप दिइने भएको हो । गत वर्ष गण्डकीमा १० देखि १४ वर्ष उमेर समूहका सवा लाख बढी किशोरीलाई खोप लगाइएको थियो । 

‘एचपीभी’ खोपलाई यस वर्षदेखि नियमित खोप कार्यक्रममा समावेश गरी कक्षा ६ मा अध्ययनरत किशोरी र विद्यालय बाहिर रहेका १० वर्षका किशोरीलाई खोप लगाउन सुरु गरिएको खोप अधिकृत लम्सालले बताए। 

प्रदेशका केही जिल्लामा ‘एचपीभी’ खोप अभियान सुरु भइसकेको र केही जिल्लामा अभियान सञ्चालनको तयारी भइरहेको जनाइएको छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा भने आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि खोप लगाइने प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ । 

एक हजार ८४० विद्यालय र ८६० सामुदायिक खोप केन्द्र गरी कुल दुई हजार ७०० खोप केन्द्रबाट खोप सेवा सञ्चालन गरिने भएको छ। खोप अभियानका लागि एक हजार ७८७ स्वास्थ्यकर्मी र एक हजार ८६६ जना स्वयंसेवक परिचालन हुने बताइएको छ । 

पाठेघरको मुखको क्यान्सर हुनबाट किशोरीहरूलाई सुरक्षित गर्ने लक्ष्यसहित देशव्यापी रुपमा ‘एचपीभी’ खोप अभियान सञ्चालन भइरहेको हो । नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या हरेक वर्ष उच्च रहेकाले उक्त रोग निवारणमा खोप अभियानले योगदान पुर्‍याउने खोप अधिकृत लम्सालले बताए।  

‘एचपीभी’ खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई ९८ प्रतिशतले घटाउने उनको भनाइ छ । उनका अनुसार पाठेघरको मुखको क्यान्सर नेपालमा महिलालाई सबैभन्दा बढी लाग्ने क्यान्सरको दोस्रो स्थानमा पर्छ । 

क्यान्सरको कारणबाट महिलाहरूको मृत्यु हुनेमा भने पहिलो मुख्य कारण पाठेघरको क्यान्सर रहेको छ । 

‘ह्युमन प्यापिलोमा’ भाइरसबाट सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, ‘म्युकस मेम्ब्रेन’ यौनाङ्गबाट निस्कने तरल पदार्थसँगको सम्पर्कबाट यो रोग सर्ने चिकित्सकहरू बताउँछन् । मानव शरीरमा क्यान्सर गराउने उच्च जोखिम भएका ‘एचपीभी’ भाइरसको पटकपटक सङ्क्रमण भएर २० वर्षसम्म रहिरहेमा पाठेघरको मुखको क्यान्सर हुने गरेको छ ।
 

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ४ : २५ बजे

आर्थिक सुधारको नयाँ चरणमा नेकपाको जोड, संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि ‘आर्थिक

पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक : म्याक्रोन

एजेन्सी– फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमाथि रुसको आक्रमण सुरु भएको

निर्वाचनका लागि नेकपाद्वारा संक्षिप्त ‘प्रतिबद्धता पत्र’ सार्वजनिक 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड

अमेरिकी अनुसन्धानमा अडानीको सहयोग

एजेन्सी– भारतको अडानी इन्टरप्राइजेजले इरानी तेलजन्य उत्पादन आयात गरेको आरोपसम्बन्धी

‘समृद्धि र विकाससँगै सुशासनका लागि उज्यालो नेपाल’

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मुलुकको समृद्धि र