काठमाडौं– थाइल्यान्डमा सुरू हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा सहभागी हुने नेपाली क्रिकेट महिला टोलीलाई बिदाइ गरिएको छ । इन्दु बर्मा चोटाका कारण मैदानबाहिर रहेकाले यस पटक टीमको कप्तानी पूजा महतोले गर्दै छिन् ।
नेपालको टोलीमा अनु कडायत, सीमाना केसी र रुबी पोद्दारले मौका पाएका छन् । विश्वकप छनोटको टोलीबाट रचना चौधरी, राजमती ऐरी र इन्दु बर्मा बाहिरिएका छन् ।
राइजिङ स्टार्स महिला एसिया कपमा नेपाल समूह ‘ए’ मा भारत ‘ए’, पाकिस्तान ‘ए’ र यूएईसँग परेको छ । समूह ‘बी’ मा बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, मलेसिया र थाइल्यान्ड छन् ।
फेब्रुअरी १३ देखि सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग खेल्नेछ भने सोही दिन भारत ‘ए’ र यूएईबीच पनि प्रतिस्पर्धा हुनेछ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


























प्रतिक्रिया