नेकपाले अबको पाँच वर्षमा पाँच लाख युवालाई रोजगारी दिने « Khabarhub

नेकपाले अबको पाँच वर्षमा पाँच लाख युवालाई रोजगारी दिने


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले मंगलबार चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममार्फत संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धततापत्र सार्वजनिक गरेका हुन् ।

नेकपाले यसपटक ‘सुशासन र रोजगारी समाजवादको तयारी तथा राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा बनाएको छ ।

घोषणापत्रमै यसपटक नेकपाले सार्वजनिक पद धारणा गरेका सबै व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक वर्षको समयसीमा तोकी ‘उच्चस्तरीय सम्पत्ति छानबिन आयोग’ गठन गर्ने प्रतिवद्धता जनाएको छ ।

घोषणापत्रमा भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, अख्तियार र शतर्कता केन्द्रलाई एकीकृत गरी शक्तिशाली ‘लोकपाल’ गठन गर्ने र डिजिटल प्रशासनमार्फत सरकारी सेवालाई ‘फेसलेस र पेपरलेस’ बनाउने भनिएको छ।

नेकपाले आर्थिक सुधारको नाममा महत्वकांक्षी प्रतिबद्धता व्यक्त गरेको छ । आगामी पाँच वर्षभित्र आर्थिक वृद्धिद्धरको लक्ष्य १० प्रतिशत राखिएको छ । नेकपाले पाँच वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने जनाएको छ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ६ : २५ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका