नेकपाको प्रतिबद्धता : दलित, अल्पसंख्यक र अपाङ्गलाई ५ प्रतिशत ब्याजमा १ करोडसम्म ऋण « Khabarhub

नेकपाको प्रतिबद्धता : दलित, अल्पसंख्यक र अपाङ्गलाई ५ प्रतिशत ब्याजमा १ करोडसम्म ऋण


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दलित, अल्पसंख्यक र शारीरिक अपाङ्गता भएका व्यक्तिलाई उत्पादनमूलक उद्यमका लागि १० वर्षका लागि १ करोडसम्म ऋण ५ प्रतिशत ब्याजमा उपलब्ध गराउने घोषणा गरेको छ ।

‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ मुख्य नारासहित मंगलबार पेरिसडाँडामा सार्वजनिक गरेको चुनावी प्रतिबद्धता पत्रमा यस्तो उल्लेख गरिएको छ।

नेकपाले भ्रष्टाचारमा शून्य सहनशीलता नीति लागू गर्दै उच्चस्तरीय आयोग गठन र ई-गभर्नेन्स लागू गर्ने योजना अघि सारेको छ ।

‘मुहाररहित, कागजरहित र नगदरहित प्रशासन’ लाई नारा बनाउँदै ५ वर्षभित्र सरकारी सेवामा ३० प्रतिशत नयाँ सक्षम जनशक्ति भित्र्याउने प्रतिबद्धता पनि नेकपाले गरेको छ ।

नेकपाले आर्थिक सुधारको नयाँ चरणमा १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर र प्रतिवर्ष ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । दलित, अल्पसंख्यक र अपाङ्गता भएका व्यक्तिलाई उद्यम गर्न ५ प्रतिशत ब्याजमा १ करोडसम्म ऋण दिने विशेष योजना सार्वजनिक गरेको छ ।

‘उत्पादनमूलक रोजगारी, आत्मनिर्भर अर्थतन्त्र’नारासहित रिटर्नी उद्यमशीलता कार्यक्रम, सहकारीलाई चौथो खम्बा बनाउने र उत्पादनमूलक क्षेत्रमा बैंकहरूलाई लगानी प्रोत्साहन गर्ने योजना समेटिएको छ ।

नेकपाले कृषिमा आत्मनिर्भरता हासिल गर्दै २ वर्षभित्र देशलाई भोकमुक्त घोषणा गर्ने लक्ष्य राखेको छ ।

किसान, महिला र युवालाई सस्तो ब्याजदरमा ऋण, सामूहिक जमानीमा सहुलियतपूर्ण कर्जा र दलित–सुकुम्बासी लक्षित विशेष कार्यक्रमसहित भूमिहीनलाई लालपूर्जा वितरण गर्ने योजना अघि सारेको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ७ : ०५ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका