५ वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने नेकपाको लक्ष्य « Khabarhub

५ वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने नेकपाको लक्ष्य


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले आगामी ५ वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गरिने  प्रतिबद्धता व्यक्त गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा आगामी पाँच वर्षभित्रमा राष्ट्रिय प्रणालीको क्षमता १५ हजार मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ ।

त्यसैगरी दीर्घकालीन लक्ष्यः सन् २ हजार १०० सम्म ४० हजार ००० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रस्तुत गर्दै नेकपाले शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देश घोषणा गर्ने लक्ष्य लिएको छ ।

नवीकरणीय ऊर्जा मिश्रण उल्लेखनीय रूपमा बढाउने प्रतिबद्धता सहित पार्टीले ऊर्जा क्षेत्रको विकासलाई विशेष प्राथमिकता दिएको छ ।

ऊर्जा क्षेत्रमा गरिएका प्रतिबद्धता :

· प्रतिव्यक्ति विद्युत खपत आगामी पाँच वर्षमा ७५० किलोवाट घण्टा पुर्‍याइनेछ ।
· विक्रम सम्वत् २१०० सम्म ४० हजार मेगावाट विद्युत उत्पादन गर्ने दीर्घकालीन लक्ष्य पूरा गर्न जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी बढाउन पहल गरिनेछ ।
· नयाँ आयोजनाहरूको विद्युत खरिद सम्झौता खोल्नुका साथै निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तो सम्झौता गर्न सक्ने व्यवस्था मिलाइनेछ ।
· आगामी ५ वर्षमा १०,००० मेगावाट थप गरी राष्ट्रिय प्रणालीको क्षमता १५,००० मेगावाट पुर्‍याइनेछ ।
· विद्युत निर्यात सुनिश्चित गर्न भारत र बङ्गलादेशसँगको सम्झौता प्रभावकारी बनाइनेछ ।
· नवीकरणीय ऊर्जा (सौर्य, वायु, माइक्रो/साना जलविद्युत) प्रवद्र्धन गरी नवीकरणीय ऊर्जा मिश्रण बढाइनेछ ।
· जलविद्युत आयोजनाहरूको वातावरणीय तथा सामाजिक सुरक्षण सुनिश्चित गर्दै दिगो विकास मोडेल अपनाइनेछ ।
· शतप्रतिशत हरित ऊर्जा उपयोग गर्ने देशको लक्ष्यसहित ऊर्जामैत्री देश घोषणाका लागि आवश्यक कार्यहरू गर्ने ।
· ऊर्जा क्षेत्रमा स्वदेशी तथा बाह्य लगानी अभिवृद्धि गर्न नीतिगत तथा कानुनी सुधार गर्ने ।
ग्रामीण तथा सहरी विकास
· अव्यवस्थित बसोबास हटाउँदै व्यवस्थित र एकीकृत वस्तिको विकास गर्ने, गाउँ तथा नगरका बसोबास क्षेत्रमा आधुनिक सेवा र सुविधा पुर्‍याइनेछ ।
· आगामी ५ वर्षभित्र छानिएका २० वटा शहरलाई स्मार्ट सिटी र १०० वटा ग्रामीण वस्तिलाई स्मार्ट भिलेज बनाउन प्रभावकारी परियोजना सञ्चालन गरिनेछ ।
· आगामी ५ वर्षभित्रमा सबै नेपालीको घरमा सफा पिउने पानी उपलब्ध गराइनेछ ।
· एक परिवार एक आवास इकाईको अवधारणा अन्तर्गत सरकारी र निजी क्षेत्रको लगानीमा पाँच वर्षमा पाँच लाख नयाँ आवास इकाई निर्माण गरिनेछ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ७ : ४१ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका