चीनमा दुई जना पत्रकार पक्राउ « Khabarhub

चीनमा दुई जना पत्रकार पक्राउ


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनमा दुई जना पत्रकार पक्राउ परेका छन् । चीनका प्रभावशाली खोज पत्रकार लिउ र उनका साझेदार वु यिङजियाओलाई पक्राउ गरिएको हो ।

उनीहरुलाई भ्रष्टाचारबारे आलेख लेखेका कारण पक्राउ गरिएको अमेरिकी अखबार न्यूयोर्क टाइम्सले जनाएको छ ।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा भइरहेको भनिएको भ्रष्टाचारबारे आलेख प्रकाशित भएलगत्तै उनीहरुलाई पक्राउ गरिएको हो ।

सिचुआन प्रान्तको छेन्दु शहरको प्रहरीले लिउ थर भएको ५० वर्षीय र वु थर भएको ३४ वर्षीय पुरुषलाई पक्राउ गरिएको जनाएको छ । लीउका कानुन व्यवसायी झोउ जेले पक्राउमा परेकाको पहिचान पुष्टि गरेका छन् ।

पक्राउ पर्नुअघि उनीहरुले सिचुआन प्रान्तको पुजियाङ काउन्टीका स्थानीय आधिकारीले व्यवसायीसँग हेपाहा व्यवहार गरेको भन्दै आलेख छापेका थिए । हाल उक्त आलेख हटाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ६ : ३६ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले