पाकिस्तानको बलोचिस्तान प्रान्तबाट थप तीन जनालाई जबरजस्ती बेपत्ता पारियो « Khabarhub

पाकिस्तानको बलोचिस्तान प्रान्तबाट थप तीन जनालाई जबरजस्ती बेपत्ता पारियो


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानी सुरक्षा फौजले बलोचिस्तान प्रान्तमा थप तीन जनालाई जबरजस्ती बेपत्ता पारेका छन् । बेपत्ता पारिनेमा बलोच राष्ट्रिय अभियानका अध्यक्ष डा. नसीम बलोचका पिता र दुई जना काका छन् ।

उनीहरुलाई बलोचिस्तानको हुब चौकी क्षेत्रमा रहेका घरबाट छापा मारी नियन्त्रणमा लिइएको बलोचिस्तान पोस्टले जनाएको छ । समाचारमा जनाइएअनुसार सोमबार सुरक्षाकर्मीले बिहान साढे तीन बजे उनीहरु बसेको घरमा छापा मारेका थिए ।

बेपत्ता पारिनेमा अवकाशप्राप्त उपआयुक्त मुहम्मद बख्श साजिदी, उनका भाइ नइम साजिदी र पूर्वप्रमुख इन्जिनियर रफिक बलोच छन् । उनीहरुलाई अज्ञात स्थानतर्फ लगिएको आफन्तले जनाएका छन् ।

परिवारका अनुसार उनीहरुलाई पक्राउ गर्नुको कारणबारे केही जानकारी दिइएको छैन । बलोच राष्ट्रिय अभियानको मानव अधिकार शाखा पाङ्कले सामूहिक सजाय र जबरजस्ती बेपत्ताका घटना बढेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ६ : ५५ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले