पूर्वी चीनमा निर्माणाधीन रेलमार्गको पुल भत्किँदा ५ जनाको मृत्यु « Khabarhub

पूर्वी चीनमा निर्माणाधीन रेलमार्गको पुल भत्किँदा ५ जनाको मृत्यु


२७ माघ २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी चीनमा निर्माणाधीन रेलमार्गको पुल भत्किँदा ५ जनाको ज्यान गएको छ । पूर्वी चीनको जियाङ्शु प्रान्तस्थित यान्चेङमा घटना भएको हो ।

सो क्रममा ९५ मिटर अग्लो पुल भत्किएको थियो । दुर्घटनामा परी घाइते भएका दुई जनाको पछि मृत्यु भएको र हराइरहेका तीन जनालाई पनि मृत घोषित गरिएको छ ।

घटनामा पाँच जनाको ज्यान गएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् । लियानयुङगान–शाङ्घाई रेलमार्गअन्तर्गत युएगाङ पुलको बिम भत्किएर दुर्घटना भएको चीनको राज्य सञ्चालित सिन्ह्वा सामाचार संस्थाले जनाएको छ ।

यो परियोजना चाइना रेलवे १२ औँ ब्यूरो ग्रुपले निर्माण गरिरहेको जनाइएको छ । चीनले पछिल्लो समय तीव्र गतिमा रेल सञ्जाल विस्तार गरिरहेको छ ।

लियानयुङगान–शाङ्घाई रेलमार्ग परियोजनाले उत्तरी जियाङ्शुलाई पूर्वी चीनको आर्थिक केन्द्रसँग जोड्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २७ माघ २०८२, मंगलबार  ७ : ०४ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले