प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम सार्वजनिक हुँदा धनुषा–१ अझै विवादमा « Khabarhub

प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम सार्वजनिक हुँदा धनुषा–१ अझै विवादमा


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत १६५ मध्ये १६४ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । धनुषा–१ मा भने उम्मेदवारी खारेजका कारण विवाद अझै बाँकी छ ।

मतगणनाको क्रममा उम्मेदवारी खारेज भएका किशोरी साहकै पक्षमा मत आएको थियो। त्यसपछि निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएर अदालतबाट आदेश नहुँदासम्म उक्त क्षेत्रको पहिलो हुने निर्वाचन प्रणाली तर्फको मतपरिणाम घोषणा नगर्न भनेको थियो।

यता नेकपाले भने धनुषा–१ मा १० हजार ४३० मतसहित आफ्नो उम्मेदवार मातृक‍ा यादव विजयी भएको दाबी गरेको छ। ‍

सर्वोच्च अदालतले निर्वाचन आयोगद्वारा उम्मेदवारी खारेज गरिएका धनुषा क्षेत्र नम्बर १ का रास्वपाका उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ गर्दै निर्वाचन आयोगका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सोमबार सो आदेश जारी गरेको हो ।

निवेदक किशोरी साहले निर्वाचन आयोग समेतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषणको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

यो क्षेत्रमा नेकपा (एमाले)का रामचन्द्र मण्डल, कांग्रेसका राम पलटन साह, नेकपाका मातृका यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका मनोज मल्ल ठकुरी, जनता समाजवादी पार्टी, नेपालका दीपक कार्की, जनमतका ब्रहमदेव महतो, मंगोल नेशनल अर्गनाइजेसनका रामबहादुर लामासहित ४१ जना उम्मेदवार छन्। उम्मेदवारी खारेज भएका साहको नाम भने आयोगले उक्त क्षेत्रको सूचीबाट हटाएको छ ।

यो आदेशसँगै धनुषा–१ को विवाद समाधानका लागि केही दिन कुनुैपर्ने देखिएको छ । १६४ सिटको परिणाम आउँदा रास्वपाले १२५ क्षेत्र जितेको छ । कांग्रेसले १८, एमाले नौ, नेकपा ७, श्रम संस्कृति ३, राप्रपाले एक सिट सुरक्षित गरेका छन्।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ६ : ४६ बजे

इरानसँग वार्ता नभएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हाल कुनै पनि

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय