हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु « Khabarhub

हाइटीमा ड्रोन हमलामा सर्वसाधारणको मृत्यु


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हाइटी सरकारले आपराधिक गिरोहविरुद्ध सञ्चालन गरेको ड्रोन आक्रमणका क्रममा सर्वसाधारण नागरिकसमेत मारिएको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले चेतावनी दिएको छ । संस्थाका अनुसार सुरक्षा कारबाहीका नाममा गरिएको ‘ठूलो मात्रामा घातक’ ड्रोन प्रयोगले बालबालिकासहित निर्दोष नागरिकलाई पनि गम्भीर जोखिममा पारेको छ ।

ह्युमन राइट्स वाचले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मार्च १, २०२५ देखि जनवरी २१, २०२६ सम्म सञ्चालन गरिएका १४१ वटा ड्रोन अपरेसनका क्रममा कम्तीमा एक हजार २४३ जनाको मृत्यु भएको छ । ती मृतकमध्ये कम्तीमा ४३ जना वयस्क आपराधिक गिरोहका सदस्य नभएको स्पष्ट देखिएको छ भने १७ जना बालबालिका पनि रहेका छन् ।

त्यसैगरी यी आक्रमणहरूमा ७३८ जना घाइते भएका छन् । घाइतेमध्ये कम्तीमा ४९ जना आपराधिक समूहसँग सम्बन्धित नभएका व्यक्तिहरू रहेको उल्लेख गरिएको छ ।

हाइटीमा पछिल्ला वर्षहरूमा गिरोह हिंसा तीव्र रूपमा फैलिएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार आपराधिक गिरोहहरूले अहिले राजधानी पोर्ट–अ–प्रिन्सको करिब ९० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् । सन् २०२५ मा मात्रै गिरोह हिंसासम्बन्धी घटनामा झन्डै छ हजार जनाको ज्यान गएको तथ्याङ्क संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको छ ।

क्यारिबियन क्षेत्रमा पर्ने हाइटी अमेरिकाको सबैभन्दा गरिब देश मानिन्छ । यहाँ वर्षौंदेखि हत्या, बलात्कार र अपहरणका घटनासहितको घातक गिरोह हिंसा व्यापक रूपमा फैलिएको छ ।

लगातारको हिंसाका कारण करिब १४ लाख मानिस अर्थात् कुल जनसङ्ख्याको करिब १० प्रतिशत विस्थापित भएका छन् । त्यसैगरी हाइटीका झन्डै आधा नागरिक अहिले गम्भीर खाद्य असुरक्षाबाट प्रभावित भएको अनुमान गरिएको छ । यसमा पाँच वर्षमुनिका करिब १२ लाख बालबालिका पनि समावेश छन् ।

ह्युमन राइट्स वाचका अमेरिकासम्बन्धी निर्देशक जुआनिता गोबर्टसले यी आक्रमणहरूले निर्दोष मानिसहरूलाई ठूलो क्षति पुर्‍याइरहेको बताए। उनका अनुसार यी घातक ड्रोन अपरेसनहरूमा धेरै बालबालिकासहित दर्जनौँ सर्वसाधारण नागरिक मारिएका र घाइते भएका छन् ।

उनले हाइटीका अधिकारीहरूलाई सुरक्षा बल र उनीहरूसँग काम गर्ने निजी ठेकेदारहरूको गतिविधिलाई तत्काल नियन्त्रणमा लिन आग्रह गरे। ‘थप बालबालिकाको ज्यान जानुअघि हाइटीका अधिकारीहरूले आफ्नो सुरक्षा बल र निजी ठेकेदारहरूलाई तुरुन्तै नियन्त्रण गर्नुपर्छ’, उनले भने।

हाइटीमा रहेको संयुक्त राष्ट्रसङ्घको एकीकृत कार्यालयका अनुसार यी ड्रोन आक्रमणहरू प्रधानमन्त्री एलिक्स डिडियर फिल्स–एमेले गठन गरेको टास्क फोर्सद्वारा सञ्चालन गरिएको हो । उक्त टास्क फोर्सलाई निजी सैन्य कम्पनी भेक्टस ग्लोबलले परिचालन सहयोग उपलब्ध गराइरहेको बताइएको छ ।

ह्युमन राइट्स वाचका अनुसार हाइटीका लागि वासिङ्टनस्थित राजदूतले अमेरिकी विदेश मन्त्रालयले भेक्टस ग्लोबललाई हाइटीमा रक्षा सेवाहरू निर्यात गर्न अनुमति दिने इजाजतपत्र जारी गरेको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  १२ : ५३ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित