कमजोर विश्व अवस्थामा फुलेको सेयर बजार मंगलबार करेक्सन « Khabarhub

कमजोर विश्व अवस्थामा फुलेको सेयर बजार मंगलबार करेक्सन


२६ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनबाट कमजोर भएको नेपालको अर्थतन्त्रमा पछिल्ला दिनमा धेरै सुधार आउन सकेको छैन । निजी क्षेत्रका अधिकांश उद्योगहरू ४० प्रतिशत तल क्षमतामा सञ्चालन भइरहेका छन् भने बैंकिङ क्षेत्रमा खराब कर्जा निरन्तर उकालो लागेको छ ।

साथै, जेन-जी आन्दोलनको कारण राज्यमा भएको ठूलो क्षतिको पुनर्निर्माण अघि बढ्न समेत सकेको छैन । यही बीचमा इरानमाथि अमेरिका–इजरायलले गरेको आक्रमणले विश्व अर्थतन्त्रमा नै अनिश्चितता पैदा भएको छ भने लाखौँ नेपालीको रोजगारी गन्तव्य समेत प्रभावित भएको छ ।

तर, निर्वाचन लगत्तै खुलेको सेयर बजारमा भने सोमबार उच्च कृत्रिम उत्साह देखियो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६२.९३ अंकले बढेकोमा मंगलबार ३२.०८ अंकले करेक्सन भएको छ । आज नेप्से करेक्सन भएर २८४३.३५ बिन्दुमा पुगेको छ ।

आजको कारोबारमा १७८ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७८ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । ५ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

आज नेप्से करेक्सन हुँदा जीवन बिमा, म्युचुअल फन्ड र निर्जीवन बिमा कम्पनी बाहेक सबै उपसमूह नकारात्मक रहे ।

प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार  ३ : ३१ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६